सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पूर्वराजा र चन्द समेत अटाउने गोलमेच सम्मेलन गर्नुपर्छ : अध्यक्ष थापा

प्रकाश बराल
जेष्ठ २६, २०७६ । बागलुङ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्वराजा देखि नेत्रविक्रम चन्द समूह समेत अटाउने लोकतन्त्रको वैकल्पिक बाटोको खोजीमा लागेको बताएका छन् ।

मिडिया नेपालले आइतबार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले सर्वदलीय, सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत राष्ट्रिय सहमतिमा पुग्न उनले सरकारको ध्यानाकर्षण पनि गराए। राप्रपाको देशव्यापी आन्दोलन र यात्राको मुख्य माग पनि त्यही भएको उनले प्रष्ट्याए।

‘निस्तेजको राजनीतिले शान्ति र स्थायित्व नआउने रहेछ भन्ने हामीले बुझिसकेका छौं’ थापाले भने, ‘हिजो गल्ती भैसकेपछि अब बुझेर सबैको भावना अटाउने संविधान र व्यवस्थापन गरेर जानुपर्छ।’

World Link Ads
Mahakali Polytechnic

जनआन्दोलनताका माओवादीले भनेको गोलमेच सम्मेलन नगर्दा राजतन्त्र समाप्त भएको उनले बताए। ‘उनीहरुको माग भारतमार्फत आएको थियो, त्यसैले राष्ट्रियता जोगाउन सम्मेलनमा जान सकिएन’ अहिले सबैको आवश्यकता भएको छ, हामीले २२ बुँदे मागमा गोलमेचलाई प्राथमिकता राखेका छौं।’

Dirghayu Ads
Sana Kishan

उच्च स्तरीय न्यायिक आयोगमार्फत भ्रष्ट्राचार नियन्त्रण, रोजगारीमार्फत पलायन भएका युवा फिर्ता ल्याउने कार्यक्रम र निषेधको राजनीति त्याग्न सकेमामात्र देश विकास हुने उनले बताए।

पहिलो प्रधानमन्त्रीत्वकालमा केपी ओली राष्ट्रिवादी भए पनि अहिले भने अधिनायकवादतर्फ ढल्केको उनको आरोप थियो। ‘अहिले नै अधिनायक भैसक्नुभयो भन्दिन, तर त्यता ढल्किनु भएको छ’ थापाले भने, ‘मिडिया काउन्सिल विधेयक, महत्वपूर्ण निकाय प्रधानमन्त्रीको मातहतमा ल्याउने र न्यायालयलाई प्रभावमा पार्ने कामले अधिनायकवादको संकेत गरेको छ।’

थापाले कांग्रेसलाई दोधारे नीति भएको आरोप लगाए। ‘कांग्रेस नेताहरु बिहान एउटा बोल्छन्, बेलुकी के खान्छन्, अर्कै बोल्छन्’ थापाले भने, ‘एक ढिक्का भएर निर्णय गर्ने भए हिन्दु राष्ट्रको पक्षमा उनीहरुकै अगुवाईमा जान तयार छौं।’

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई भने उनले संशोधन गरेर जान सल्लाह दिइसकेको बताए। प्रेस स्वतन्त्रता विरोधी दफा र केही त्रुटि सच्याएर जानुपर्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको समेत उनले बताए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.