सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाँचथर सामूहिक हत्याकाण्डः ढोका बलियो बनाउँदै मिक्लाजुङवासी

गिरिराज बाँस्कोटा
आरुबोटे (पाँचथर) – पहाडमा गाँउहरुमा माटो, ढुंगा, काठ, बाँस लगायतका सामाग्री प्रयोग गरेर घर बनाउने गरिन्छ। हावा आउनेतीर अलिकती छाल्की, बस्न तथा सुस्ताउनका लागि पिँडि, बरण्डा बनाइएको हुन्छ। प्रायः घरहरुमा जस्ता लगाईएको हुन्छ, कतिपयका खर (फुस) कै छाना छन्। घरको पिँडी, वादर्लीमै सुत्ने चलन पनि हुन्छ। गर्मीबढ्न थालेपछि बाहिरै सुत्ने गरेको पनि पाईन्छ।

तर नौं जनाको निर्मम हत्या भएपछि जिल्लाको मिक्लाजुङ गाँउपालिका– ३ आरुबोटेमा अचेल घर बाहिर सुत्ने काम बन्द भएको छ। यतिमात्र हैनकि हरेक घरमा ढोका र झ्यालमा आग्लो (ढोका अड्याउने) थपिएका छन्। यहाँका बासिन्दाका अनुसार जवर्जस्ती घरमा कोहि नछिरोस भनेर ढोकामा आग्ला थपिएका हुन। आग्लो, छिर्केनी फेर्ने, घरका ढोका– झ्याल बलियो बनाउने, घर वरीपरी पनि सुरक्षाकालागि वाल लगाउने लगायतका कामहरु भएका छन्। डरले सुरक्षा सचेतना अपनाएको देखिन्छ।

यहाँका कुवेर गहतराजले घरको ढोकामा ६ वटा आग्लो लगाएका छन्। रातीको समयमा सहजै घरमा कोहि पनि छिर्न नसकोस भनेर स्थानीयहरुमा सचेतता देखिन्छ। ‘घरबाहिर सिकुवा, बरण्डामा सुत्ने चलन हरायो। मैलेत हार्डवेयरबाट छिर्केनी लगेर थपे। गाँउमा आग्ला, छिर्केनी थप्ने काम भईसकेको छ’ स्थानीय जीवन फियाकले भने ‘यहाँका बासिन्दा घरव्यहार तथा काममा फर्किएपनि मनमा भय मेटिएको छैन। काममा फर्किए पनि त्यहि घटना दिमागमा आहिरहेको छ।’

World Link Ads
Mahakali Polytechnic

फियाकले भनेझै मनमा अझै भयले राज गरेको स्थानीयहरु बताउँछन्। यहाँको आरुबोटे बजार ५ बजेनै बन्द हुन्छ अचेल। राती अबेरसम्म बजारमा बस्ने, गाँउमा गफ गर्ने चलन हराएर गएको छ। राती गाँउमा एक्लै हिड्ने, छिमेकमा गएर गफ गर्ने चलन हराएको छ। घट्नाको अड्कलबाजी, अनेकन शंकाहरु भईरहँदा भित्रित्रास कायमनै भएको देखिन्छ। हत्याकाण्ड भएको घरछेउछाउ राती, विहान हिड्न डराउने गरेको पाइएको छ। साँझमै खाना खाएर ढोका लगाउने गरेको स्थानीयहरु बताउँछन्। वार्ड कार्यालयमै अहिलेसम्म प्रहरी टोली राखिएपनि मनमा शान्ति नछाएको स्थानीयको भनाई छ।

जेठ–६ गते यहाँको बमबहादुर फियाक र उनकै ज्वाई धनराज शेर्माको घरमा नौ जनाको हत्या भएको थियो। पुर्सिमाया फियाक, मनकुमारी फियाक, आशिका खजुम, जस्मिता फियाक, युहाना शेर्मा, मुना शेर्मा र इच्छा शेर्माको हत्या भएको थियो। यो हत्या काण्डपछि एक हप्तासम्म त्रासले अस्तव्यस्त बनेको यो गाँउ सामान्य जनजीवनमा फर्किए पनि त्रासको छायाँ भने हट्न नसकेको हो। बजारमा व्यापार व्यवसाय, अन्यत्र कृषि लगायका काममा धमाधम छन्। तर उनीहरुले हत्या काण्डको कुरा गर्न छाडेका छैनन्।

Sana Kishan

‘ठूलो बोलेको सुन्दापनि डराउने अवस्था छ। साँझमा होहल्ला भयो भने केहि पो भै हाल्यो भन्ने हुन्छ। कसैको घरमा समान्य झै–झैगडा हुन खोज्दा पनि तर्सिहाल्ने अवस्था छ’ वार्ड अध्यक्ष हस्तराज फियाकले भने ‘वाहिर सामान्य बन्दै गए पनि मनमा त्रास भएको यहाँका बासिन्दाहरु सुनाउनु हुन्छ।’

अचेल स्थानीयले स–साना घट्नाहरुलाई निक्कै गम्भिर किमिसले लिने गरेका छन्। गाँउमा अनेकन किसिमका अफवाह फैलिनेक्रम भने रोकिएको छैन। तीन दिन अगाडी यस्तै हल्ला फैलियो। ‘घर घेरेर मान्छेहरु बसेका छन्। मार्छु भनेर फोन आएको थियो’ भनेर एक महिलाले गाँउमा खवर गरिनन्। प्रहरी, गाँउले रातीको समयमा दौडीए। तर कोहि भेटिएन। मान्छेहरु भागेको भनेर खवर गर्ने महिलाले बताईन। भोलीपल्ट दिनभर खोजी नीति भयो। प्रहरीले एकजनालाई नियन्त्रणमा लियो। तर घर घेरेको भन्ने केवल हल्लामात्र भएको खुल्न आएको स्थानीय अगुवा तथा प्रहरीको भनाई छ। यस किसिमा हल्लाले फेरी केहि भै हाल्ने हो कि भन्ने त्रास फैलिने गरेको छ।

यसको असर विद्यालयमा पनि देखिन्छ। यहाँ रहेको आरुबोटे माविमा सात दिनसम्म त विद्यार्थीनै आएनन्। विद्यालयले श्रद्धान्जली सभा राख्यो, विद्यार्थीको रुवाबासि भयो। कति विद्यार्थीत फोटो हेर्दै वेहोसनै भए। ‘अभिभावकहरुले घरमा अग्ला तथा छिर्किनिहरु थपिरहेका छन्। नानीहरु झन डाराउने भईहाले। विद्यार्थीहरु अझै पढाईमा ध्यान तानिएको छैन’ प्रध्यानाध्यपक भविन्द्र राईले भने ‘बर्षे विदापछि विद्यार्थी लयमा फर्किने आशा गरीएको छ।’ हत्या भएका तीन विद्यार्थी आरुबोटे मावि र एक विद्यार्थी नीजि विद्यालयमा अध्ययन गर्थिन।

हत्यामा बमबहादुरको कान्छा ज्वाई मनबहादुर माखिमको संलग्नता रहेको प्रहरीको ठम्याई छ। फरेन्सी टेष्ट भईरहेकाले अनुसन्धानले पूर्णता पाईसकेको छैन। स्थानीयहरु अनुसन्धानको चाडो पूर्णता पाओस भन्ने अपेक्षा राखिरहेको छन्। स्थानीय रुपमै घटनाको सत्यतथ्य सार्वजनिक भयो भने अलि ढुक्क हुने उनीहरुको भनाई छ।

एकपछि अर्को घटना र अफवाहले यहाँका बासिन्दा त्रसिद देखिन्छन्। जेठ–३० गते धनराज शेर्माको घरमा नुनमा सिसा मिसाईएको हल्लाले त्रसिद बनाएको थियो। ८ जना विरामी परेर सदरमुकाम फिदिममा उपचार भएको थियो। नुनमा सिसा मिसाएको घटनाको अझै अनुसन्धान भईरहेको छ। सिसा मिसाइएको भनिएको एक सातामै नौ जनाको विभत्स हत्या भयो। हत्या पछि अनेकन किसिमका अफवा फैलीएर त्रसिद हुनुपर्ने अवस्था सृजना वेला–वेला हुने गरेको स्थानीय बताउँछन्।
नागिरक दैनिकबाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.