सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

काँग्रेसको प्रथम चरणको जागरण अभियान सकियो (फाेटाे फिचर)

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
जेष्ठ २५, २०७६
1 min read

डडेल्धुरा– नेपाली काँग्रेसले थालेको पहिलो चरणको जागरण अभियान शनिबार सम्पन्न भएको छ। कांग्रेस डडेल्धुराले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण शनिबार डडेल्धुरा सदरमुकाममा -याली निकाली समीक्षा गर्दै समापन भएको हो।

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

पहिलो चरणको एक महिने जागरण अभियानका क्रममा काँग्रेसले ७७ जिल्ला संगै डडेल्धुराका सात वटै स्थानीय तहका ५२ वटै वडामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तर सम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवार सँग भेटघाट र सुझाव सङ्कलन गरेको कांग्रेस डडेल्धुराले जनायो।

काँग्रेस डडेल्धुराले शनिबार सदरमुकाम बागबजारमा -याली निकाली कोणसभा मार्फत जागरण अभियान समापन भएको घोषणा गरेको छ। पार्टी कार्यालय बाट निकालिएको -याली लाई सदरमुकाम भिमदत्त चोकमा परिणत भएको कोण सभामा बोल्दै सुदूरपश्चिम प्रदेश सांसद तथा जिल्ला कार्यसमिति सभापति कर्णबहादुर मल्लले अभियानमा तिन तहकै वर्तमान सरकारले गरिरहेको बेथिति तथा अनियमिततका विरुद्धमा सचेत गराउन आफूहरुले जागरण अभियान गरेको बताए। स्थानीय स्तरमा जाँदा गरिब, वृद्ध तथा असहायहरु तीन वटै सरकार बाट सन्तुष्ट नरहेको पायौ’, उनले भने, ‘नेकपाको सरकारले आफ्ना कार्यकर्ता लाई पाल्ने र पोस्ने गरी बजेट विनियोजन गर्ने गरेको उनीहरुको दुखेसो छ।’

देशमा भएको हरेक परिवर्तनमा काँग्रेसको कदम रहेको उल्लेख गर्दै उनले अब स्थानीय स्तरबाटै शोषक कम्युनिस्टहरुको समापन गर्ने बताए। जनताले तिरेको करको दुरुपयोग भइरहेको भन्दै त्यसको विरुद्धमा लाग्न आफूहरुले सुझाव पाएको उनले बताए। ‘प्रदेशमा भइरहेको इसाईकरणलाई रोक्न काँगे्रस एकजुट भई लाग्नु पर्ने सुझाव हामीले पाएका छौं’, नेता मल्ल्ले भने, ‘अब कम्न्युस्ट सरकारले गरेका भ्रष्टाचारलाई जनता सामु प्रस्तुत गर्न आगामी दिनहरुमा समेत कडा कदम चाल्ने छौं।’

जागरण अभियानमा साथ दिने सबैलाई सम्मानका साथ धन्यवाद दिदै सभापति मल्लले कांग्रेसले थाल्ने दोस्रो जागरण अभियानमा वर्तमान सरकारका काम गराईबाट वितृष्णा भएकाहरु समेत सामेल हुने बताए। कांग्रेसका कार्यकर्ताहरु लाई वर्तमान सरकारको नेतृत्व भएका स्थानीय तहमा कृषि पशुदेखि स्वास्थ्य चौकीमा औषधि समेत नदिएको गुनासो डडेल्धुराका गाउँमा रहेकाले भ्रष्टाचारको चरम सीमा नाघेको उनको भनाई छ। यसका विरुद्ध कांग्रेस संगै पीडित सबैले एकताबद्ध भई लड्नु पर्ने उनले बताए।

जागरण अभियानमा साथ दिने सबैलाई सम्मानका साथ धन्यवाद दिदै सभापति मल्लले कांग्रेसले थाल्ने दोस्रो जागरण अभियानमा वर्तमान सरकारका काम गराईबाट वितृष्णा भएकाहरु समेत सामेल हुने बताए।

धादिङमा ‘बृहत राष्ट्रिय जागरण सभा’

यस्तै, काँग्रेस धादिङले पनि पहिलो चरणको जागरण अभियान सम्पन्न गरेको छ। एक महिना अघि गमलामा पानी हालेर नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुरुवात गरेको अभियान शनिबार एक महिना पूरा भएको अवसरमा धादिङबेसी ‘बृहत राष्ट्रिय जागरण सभा’को आयोजना गरि पहिलो चरणको कार्यक्रम समापन गरिएको छ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै धादिङका लागि केन्द्रीय प्रतिनिधि पौडेलले वर्तमान कम्युनिस्ट सरकारले काँग्रेस सकिएको भनेर हल्ला फिजाए पनि नेपाली काँग्रेसको एजेण्डा र अभियानले नै काँग्रेस बलियो रहेको दावी गरे। गएको निर्वाचनमा गणितिय हिसाबमा पराजित भए पनि नेपाल काँग्रेस शान्ति, विकास र समृद्धिको मुद्धामा कमजोर नबनेको बताए।

धादिङमा अभियान सफलता पूर्वक सम्पन्न भएको दाबी गर्दै उनले अब टोलटोल, बस्तीबस्ती, स्थानीय तह तथा जिल्ला स्तरमा नेपाली काँग्रेस बलियो हुने बताए। ‘नेपाली काँग्रेस सरकारमा हुँदा परिवर्तनका धेरै काम भए’, उनले भने, ‘दुई तिहाइको बहुमत भएको वर्तमान सरकारले निर्वाचन जितेर पनि जनताको लागि कुनै लोकप्रिय काम गर्न सकेको छैन, यही सकारका पालामा ठूला ठूला भ्रष्टाचार र घोटाला काण्ड मच्चिनु देश बनाउन नचाहेको षड्यन्त्र हो।’

नेपाली काँग्रेसकै नेतृत्वमा देशमा शान्ति स्थापना गरि संविधान जारी भएपश्चात भएको निर्वाचनमा दुई कम्युनिस्ट भन्नेहरुको गठबन्धनका कारण गणितिय हिसावमा पराजित भएपनि आफ्नो एजेण्डा र राष्ट्रको सम्वृद्धि अभियानमा बाम गठबन्धन भन्दा काँग्रेस नै अघि रहेको दावी गरे। अभियानका क्रममा काँग्रेसको नेतृत्वमा मुलुकले हाँसिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धि, उपलब्धी तथा आगामी बाटोका बारेमा टोलटोल, बस्तीबस्ती, स्थानीय तह तथा जिल्ला स्तरीय रुपमा कार्यक्रम गरिएको उनले बताए।

निवार्चन पछि नेपाली काँग्रेसका कार्यकर्ताहरुमा उत्साह बढाउन र बर्तमान सरकारको जनविरोधी कामहरुलाई भण्डाफोर गर्नको लागि जागरण अभियान देशैभर संचालन गरिएको छ। धादिङ जिल्लाका १ सय ४ वटै वडामा काँग्रेसको छाया सरकार बनेकाले सरकारका तल्लो तहले गर्ने हरेक क्रियाकलापलाई नेपाली काँग्रेसको सुक्ष्म अध्ययन गरिरहेकाले सचेत भएर काम गर्न नेता पौडेलले चेतावनी दिए।
सरकारले सार्वजनिक जग्गा सांसदलाई दियो, अब कांग्रेसले रोक्छ : कांग्रेस सभापति देउवा

धादिङबेसीको सिरानबजारबाट सुरु गरिएको ¥याली पुछारबजारमा पुगेर कोण सभामा परिणत भएको थियो। कार्यक्रममा सम्वोधन गर्दै नेपाली काँग्रेस धादिङका नेताहरु दिलमान पाख्रिन, रामनाथ अधिकारी, भीम प्रसाद ढुङ्गाना, विश्व अर्याल, राजन बराइली लगायतका नेताहरुले बर्तमान सरकार काँग्रेसका नेता कार्यकर्ताहरुलाइ झुटो मुद्दा लगाएर फसाउन उद्धत रहेको आरोप लगाए।

कार्यक्रममा बोल्दै धादिङका काङग्रेसका सभापति रमेश प्रसाद धमलाले पहिलो चरणको जागरण अभियान सफलतापूर्वक सकिएको बताए। नेपाली काङग्रेसले लिएको नीति अनुसार कार्यकर्ताहरु माझ उत्साह भर्न र बर्तमान सरकारको भ्रष्टाचार, घोटाला र जनविरोधी हर्कतहरु गाउँ गाउँसम्म पु¥याउन जागरण अभियान सफल भएको बताए।

अभियानको दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने काँग्रेसले जनाएको छ। दोस्रो चरणको अभियान केही समयमा सुरु हुने भएकाले नेता कार्यकर्ताहरुलाई तयारी अवस्थामा रहन पनि धमलाले निर्देशन दिए।

साभार नागिरक अनलाइनबाट

ट्यागहरु: sudurpashimkhabarनेपाली_काँग्रेस जागरण_अभियान डडेल्धुरा

सिफारिस

मुख्य समाचार

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2
मुख्य समाचार

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6
मुख्य समाचार

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4
मुख्य समाचार

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
अर्को

पर्यटककाे राेजाइमा मकालु हिमाल, पर्वताराेही सख्यामा वृद्धि हुदैँ

इंग्ल्याण्डद्वारा बंगलादेशसामु ३८७ रनको विशाल लक्ष्य प्रस्तुत

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
6

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In