सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । निगमले बुधबार रातिबाट लागू हुने गरी मूल्य घटाएकाे हाे । मूल्य घटेपछि बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ ।

Sana Kishan

यसअघि पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ प्रतिलिटर थियो । आयल निगमले १५ जेठमा बजेट आउनासाथ पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १ रुपैयाँ ५० पैसा वृद्धि गरेको थियो । बजेटले पेट्रोल र डिजेलमा पूर्वाधार कर बापत १ रुपैयाँ थपेपछि मूल्य बढाएको निगमले तर्क गरेको थियो ।

तर, चार दिनअघि भारतीय आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल, डिजेलको मूल्य घटेर आएपछि नेपाली बजारमा घटाइएको निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । ‘आइओसीबाट केही मूल्य घटेर आएका कारण नेपाली उपभोक्तालाई राहत हुने गरी मूल्य समायोजन गरिएको हो’ उनले भने ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.