सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल आमाको ७५ फिट अग्लो मुर्तीको नमुना तयार (फाेटाे फिचर) सेयर गराैँ

तीन वर्षमा मुर्ती निमार्ण कार्य सम्पन्न हुने

मदन गिरी
महेनद्रनगर २२ जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ भम्केनी धाममा बन्न लागेको नेपाल आमाको मुर्तिको नुमना तयार भएको छ ।
जगतगुरु बालसन्त मोहनशरण देबाचार्यको विशेष पहलमा महाकाली शारदा पीठ भम्केनी धाम विकास समितिले निर्माण गर्न लागेको नेपाल आमाको मुर्ती दशकै सबै भन्दा अग्लो मुर्तिको रुपमा हेरिएको छ ।
धाम विकास समितिका निर्वतमान अध्यक्ष हरि सिंह रावलले नेपाल आमाको ७५ फिट अग्लो मुर्तीकोे नमुना तयार गरिएको बताए । उनका अनुसार सोही नमुनाको आधारमा ठुलो अष्ठ धातुको मुर्ती तयार गरिने छ ।

करिब छ मिटर अग्लो उक्त नेपालका आमाको नमुना मुर्तीका चार हात बनाईका छन्, जसमा नेपालको झन्डा, खुकुरी, चक्र र रुद्रक्षमा माला थमार्ईको छ । मुर्तीमा नेपालको कला संस्कती र पुरात्वतिक महत्वका वस्तु राखिएको निर्वतमान अध्यक्ष रावलको भनाई छ ।

मुर्तीका निर्माणका लागि भ्याली कन्सट्रक्सन प्रा.लि. पुलचोकसँग १० करोड ८१ लखमा धाम समितिले ठेक्का सम्झौता गरेको छ ।
विकास समिति अध्यक्ष रावलका अनुसार २०७८ मसान्त भित्रमा मुर्ति निर्माण गरि सक्ने लक्ष्य लिएको छ ।
नेपाल आमाको ७५ फिट अग्लो मुर्ति निर्माणका लागि नेपालका जगतगुरु देबाचार्यले ३ बर्ष लगाएर नेपालका ७७ वटै जिल्लाको पैदल भ्रमण गरेर धातु र पैसा संकलन गरेका छन् ।

Mahakali Polytechnic

मुर्तिको निर्माणका लागी स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारले सहयोगका लागी धाम समितिले आग्रह समेत गरेको छ । भने भीमदत्त नगरपालिकाले मुर्ति निर्माणका लागी एक करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको र अन्य दाता निकायबाट समेत सहयोग प्राप्त भईरहेको उनको भनाई छ ।

World Link Ads

भ्याली कन्सट्रक्सन प्रा.लि. का सञ्चालक मनोहर महर्जनले अष्ठ धाुतको नेपाल आमाको मुर्ति नेपालमा पहिलो पटक बन्न लागेको बताए । उनले ७५ फिट अग्लो मुर्ति निर्माणका लागी करिब ३० टन धातु र १० हजार बढी कामदारको आवश्यक पर्ने बताए । भ्याली कन्सट्रक्सन प्रा.लि.ले भुटानमा २२ फिट अग्लो पेमालिङ्गा मुर्ति निर्माण गरि सकेको उनको भनाई छ ।

Sana Kishan

ग्त मंसिरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निर्माण कार्यको उद्धघाटन गरेका थिए ।

नेपाल आमाको ७५ फिट अग्लो मुर्ति निर्माणका लागि नेपालका जगतगुरु देबाचार्यले ३ बर्ष लगाएर नेपालका ७७ वटै जिल्लाको पैदल भ्रमण गरेर धातु र पैसा संकलन गरेका छन् ।

पैदल यात्राबाट दुई करोड नगद रुपया नगद र २२ टन अष्ठ धातु संकलन भएको धाम विकास समितिका अध्यक्ष हरि सिंह रावलले बताए । उनका अनुसार महाकालीको तट भम्केनी धाममा नेपालकै सबै भन्दा अग्लो अष्ठ धातुको नेपाल आमाको मुर्तीको बनाउन लागिएको हो ।
मुर्तीका लागि भ्याली कन्सट्रक्सन प्रा.लि. पुलचोकसँग १० करोड ८१ लखमा धाम समितिले ठेक्का सम्झौता गरेको छ ।

विकास समिति अध्यक्ष रावलका अनुसार २०७८ मसान्त भित्रमा मुर्ति निर्माण गरि सक्ने लक्ष्य लिएको छ ।
साथै मुर्तिको निर्माणका लागी स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारले सहयोगका लागी धाम समितिले आग्रह समेत गरेको छ । भने भीमदत्त नगरपालिकाले मुर्ति निर्माणका लागी एक करोड सहयोग गर्ने प्रतिबद्धता जनाईसकेको छ ।

मुर्ती निर्माणको जिम्मा पाएको भ्याली कन्सट्रक्सन प्रा.लि. का सञ्चालक मनोहर महर्जनले अष्ठ धाुतको नेपाल आमाको मुर्ति नेपालमा पहिलो पटक बन्न लागेको बताए । उनले ७५ फिट अग्लो मुर्ति निर्माणका लागी करिब ३० टन धातु र १० हजार बढी कामदारको आवश्यक पर्ने बताए । भ्याली कन्सट्रक्सन प्रा.लि.ले भुटानमा २२ फिट अग्लो पेमालिङ्गा मुर्ति निर्माण गरि सकेको उनको भनाई छ ।

नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु देवाचार्यले पुर्व र पश्चिम छरिएर रहेको नेपालीलाई एक सुत्रमा बाध्य नेपाल आमा मुर्ती निमार्ण गरिन लागेको बताए । उनले मुर्ती निर्माणमा रहेक नेपालीको एक एक रुपयाँ र धातु सहयोग भएकोले सबैको साझा सम्पतिको रुपमा उक्त मुर्ती बन्न लागेको बताए ।
पुर्वको चतरा धाम जस्तै पश्चिम महाकालीको तट भम्केनि धामलाई धार्मीक पर्यटकिय नगरका रुपमा विकास गर्न लागिको उनको भनाई छ । ७५ फिट अग्लो मुर्ती निर्माण यस क्षेत्रका लागि मात्र नभएर देश र विश्वमै एक नमुना कार्य भएकाले धार्मीक पर्यटनको विकासमा महत्वपुर्ण टेवा पुुग्ने स्थानीयले विश्वास लिएको छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.