सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपा सचिवालय बैठक भाेलि पनि, कार्यविभाजनमा छलफल केन्द्रित

२१ जेठ काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ । छलफलले पूर्णता भने पाएन । भोलि बुधबार फेरि १२ बजे सचिवालयको बैठक बस्ने गरी आजको बैठक टुंगिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

Sana Kishan

बुधबार बस्ने बैठकमा कार्यविभाजन टुंगियो भने प्रवास लगायत सांगठनिक एकीकरणका अन्य काममाथि पनि छलफल सुरु हुने बताइएको छ । स्रोतका अनुसार बुधबार नै कार्यविभाजन टुंगिने सम्भावना न्युन छ ।

World Link Ads
Mahakali Polytechnic

नेता माधव नेपाल लगायत नेताहरुले कार्यविभाजनभन्दा अघि पोलिटव्यूरो गठन गर्नुपर्ने प्रस्ताव गर्दैआए पनि अध्यक्षद्वयले भने कार्यविभाजनलाई प्राथमिकता दिएका हुन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.