सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘पूर्वराजादेखि विप्लवसम्मलाई सहभागी गराएर गोलमेच सम्मेलन गरौँ’

बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुक राजनीतिक संकटमा परेकाले निकासका लागि राष्ट्रिय गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन्।

पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन मंगलवार बुटवल आएका थापाले मुलुक राजनैतिक संकटमा परेको भन्दै अबको उपयुक्त निकास राष्ट्रिय गोलमेच सम्मेलनबाटै गर्नुपर्ने बताएका छन्।

रिपोर्टस क्लबले गरेको कार्यक्रममा बोल्दै उनले त्यस्तो गोलमेच सम्मेलनमा राजनीतिक शक्तिहरु, पूर्व राजादेखि विप्लव समूह समेतको सहभागिता हुनुपर्ने धारणा राखे।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको सफल कार्यान्वयन हुन नसकेको बरु थप जटिलता उत्पन्न भएको विश्लेषण उनले गरे। अध्यक्ष थापाले राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गरी अगाडि बढ्नुपर्ने बताए।

Mahakali Polytechnic

राजतन्त्रको अन्त्य गरेपछि गरिबी र बेरोजगारी, भ्रष्टाचार, मौलिक धर्मसंस्कृतिमाथि आक्रमण, धर्म परिवर्तन, राष्ट्र विखण्डनको खतरा, सर्वसत्तावादको खतरा र विप्लव माओवादीको नयाँ द्वन्द्वको जन्म जस्ता ६ वटा समस्या कायमै रहेको चर्चा गर्दै अध्यक्ष थापाले समस्या समाधानका लागि गोलमेच सम्मेलन नै उपयुक्त विकल्प भएको दावी गरे।

World Link Ads

उनले विगतमा निषेधको राजनीतिक गर्दाको परिणाम मुलुकले ठीक गति लिन नसकेको चर्चा गर्दै विगतका त्रुटि सच्चाएर अगाडी बढ्नुपर्ने बताए। ‘निषेधको राजनीतिले अस्थीरता सिर्जना गर्‍यो, कसैलाई पनि निषेध गर्नु हुँदैन भनेर नयाँ प्रस्ताव अगाडि सारेका छौँ, यो हाम्रो अवधारणा लिएर जनतामाझ जान्छौँ’, उनले भने।

Sana Kishan

उनले पार्टीले सरकारसँग राखेका विभिन्न मागका बारेमा दवाव मुलक कार्यक्रमहरुलाई निरन्तता दिएको पनि बताए।

पहिलो चरणको राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न भएको तथा सरकारसँग पहिलो पटक वार्ता समेत भएको उल्लेख गर्दै उनले चाँडै नै दोश्रो चरणको वार्ता हुने विश्वास पनि व्यक्त गरे।

उनले दोश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्राको पनि तयारी भइरहेको बताए। मुक्तिनाथ देखि गोर्खासम्मको राष्ट्रिय स्वाभिमान यात्रा २४ देखि २७ सम्म गरिने उनले बताए।

यसअघि पार्टीको प्रदेश कार्यालयको उद्घाटन गर्दै उनले लोकतन्त्रको आवरणमा वर्तमान सरकारले लुटतन्त्र मच्चाएको र सरकार सर्वसत्तावाद उन्मुख भएको आरोप लगाए।

‘मिडिया काउन्सिल विधेयक, सेना प्रमुखलाई उपेक्षा गरेर सेना परिचालन, न्यायपालिका र संवैधानिक अंगहरुमा पार्टीकरणको प्रयासले सरकार क्रमशः सर्वसत्तावादमा जाने निश्चित देखिन्छ’, अध्यक्ष थापाले भने, ‘एकपछि अर्को ठूला–ठूला भ्रष्टाचारका काण्डलाई रोक्न र सर्वसत्तावादलाई रोक्न सरकार इतरका दल र शक्तिहरुबीच सहकार्य अपरिहार्य छ।’

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.