सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अब फेसबुकमा सबैभन्दा माथि ‘बेस्ट फ्रेण्ड’ देखिने

काठमाडौं । आफ्ना २ अर्ब ३० करोड प्रयोगकर्ताका लागि सोसल मिडिया प्लाटफर्म फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्दैछ ।

उक्त परिवर्तनपछि प्रयोगकर्ताले आफ्ना सबैभन्दा निकट अर्थात् ‘बेस्ट फ्रेण्ड’हरु तथा प्रयोगकर्ताका सबैभन्दा उपयोगी लिंकहरुलाई न्यूजफिडमा सबैभन्दा माथि हेर्न पाउनेछन् ।

फेसबुकले यस बारेमा धेरै जानकारी प्रदान गर्नका लागि हालै एउटा सर्भेक्षण गरेको छ । जसको उद्देश्य फेसबुक प्रयोगकर्ताले के हेर्न चाहन्छन् ? र कसको माध्यमबाट हेर्न चाहन्छन् ? भन्ने कुरा थाहा पाउनु थियो ।

World Link Ads
Mahakali Polytechnic

फेसबुकले एक ब्लग पोष्टमा भनेको छ, ‘हामीले गरेको सर्भेको आधारमा दुईवटा अपडेटको घोषणा गरिरहेका छौँ । त्यसमध्ये एउटा चाहिँ फेसबुक प्रयोगकर्ताले आफूले धेरै हेर्न/सुन्न चाहने कुनैपनि साथीलाई प्राथमिकता दिनेछ । दोश्रो चाहिँ यस्ता लिंकहरुलाई प्राथमिकता दिइनेछ जसलाई कुनै व्यक्तिले सबैभन्दा धेरै सार्थक ठान्दछ ।’

Dirghayu Ads
Sana Kishan

उदाहरणका लागि यदि कुनैलाई एउटै फोटोमा बारम्बार ट्याग गरिन्छ वा फेरि प्रयोगकर्ताको एउटै पोष्टमा लगातार लाइक तथा कमेन्ट आउँछन् तथा कुनै व्यक्ति एकै ठाउँमा बारम्बार चेकइन गर्दछ भने फेसबुकले त्यो प्रवृत्तिलाई ख्याल गर्दछ ।

यी सबै तथ्यलाई आफ्नो एल्गोरिदममा प्रयोग गरी फेसबुकले कुनै पनि प्रयोगकर्ताको न्यूजफिडमा प्राथमिकीकरण गर्दछ ।

फेसबुकका प्रडक्ट म्यानेजर रम्य सेथुरमनका अनुसार ती प्रत्यक्ष पृष्ठपोषणहरुले प्रयोगकर्ताले आफ्ना कुन साथीहरुबाट धेरै सम्पर्कमा रहन चाहन्छ भन्ने कुराको अनुमान गर्न सहयोग गर्दछ ।

तर यसो भन्नुको मतलब न्यूजफिडमा केवल आफ्ना पि्रय मान्छेका पोष्टहरु मात्र देख्ने भन्ने होइन । प्रयोगकर्ताले सामान्य रुपमै न्यूजफिडमा अन्य सामाग्रीहरु पनि देख्नेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.