सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति छैनः चन्द समूह

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ । सोमाबार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रेस विज्ञप्ति जारी गर्दै सोलुखुम्बुमा पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको उल्लेख छ ।

Sana Kishan

‘सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रतिमात्र हो,’ विज्ञप्तिमा भनिएको छ, ‘पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झुट्टा समाचारप्रसारण गराइएको हो।’

एकाएक सामाजिक सञ्जालमा सोलुखुम्बुमा चन्द समूहले प्रहरी चौकी आक्रमण गर्ने हल्ला सार्वजनिक भएपछि उसले आधिकारिक भनाइ सार्वजनिक गरेको हो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.