सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कुन सडकलाई कति बजेट हेर्नुस् है ?

काठमाडौँ — सरकारले नयाँ आर्थिक वर्षमा पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गर्ने भएको छ । बुधबार संसद्‌मा आव २०७६/०७७ को बजेट भाषण सुनाउँदै अर्थमन्त्री युवराज खतिवडाले पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

रेल, सडक, पुल तथा पूर्वाधार क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजन गरेको छ । काठमाडौं उपत्यका र सबै प्रदेशमा विद्युतीय बस सञ्चालनमा ल्याइने भएको छ । सरकारले निर्माण गर्ने सडक कम्तीमा २ लेनको हुने छ ।डोल्पा जिल्ला सदरमुकाम यसै वर्ष सडक पुर्‍याइने र हुम्ला सदरमुकाममा आगामी वर्षभित्र पुर्‍याइने छ ।

यस्तै मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड बजेट छुट्याइएको छ।

World Link Ads
Mahakali Polytechnic

– गल्छी त्रिशुली मैलुङ सडकलाई १ अर्ब ५८ करोड।

Dirghayu Ads

– बीपी राजमार्गको लागि ९६ करोड।

– मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड

– हरेक निर्वाचन क्षेत्रमा एक रणनीति सडक निर्माण अगाडि बढाइने।

Sana Kishan

– टोखा-छहरे सुरुङ मार्गको विस्तृत अध्ययन गरी निर्माण गर्नका लागि बजेट छुट्याइएको छु।
– प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा रहेका पुलकाे निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने।

– २ सय पुल निर्माण गर्न ७ अर्ब ४७ करोड।

– रेल र जल यातायातकाे लागि१ खर्ब ६३ अर्ब बिनियोजन।

– उच्च प्रविधि युक्त आयोजनालाई उपकरण उपलब्ध गराउन पूर्वाधार निर्माण कम्पनी सञ्चालनमा ल्याइने। यो व्यवस्था अघिल्लाे बजेटमा पनि गरिएकाे थियाे।

-काठमाडौैलाई चीन र भारत दुवै तिर जाेड्ने गरी २ वर्षभित्र निर्माण सुरु गरिने।

– सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनकाे हुने।

– सडक मर्मतको लागि पेट्राेलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने

सुदुर डेलि बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.