सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूर पहाडका तीन जिल्लामा विमानस्थल बनाउन बजेट विनियोजन

संघीय सरकारको बजेटमा सुदूरपश्चिमका तीन जिल्लामा तीन वटा विमानस्थल बनाउने योजना परेको छ। दार्चुलाको गोकुले, अछामको कमलबजार र डडेल्धुराको तुफानडाडामा बिमानस्थलको निर्माणको प्रक्रिया अगाडी बढाउन बजेट विनियोजन भएको हो। यस्तै धनगढी विमानस्थललाई स्तरोन्नती गर्ने योजना समेत बजेटमा परेको छ।

तर विमानस्थल सञ्चालनका लागि चरणवद्ध आन्दोलनमा रहेका कञ्चनपुरजासीले मझगाउँ विमानस्थल बजेटमा समावेश नभएपछि आपत्ती जनाएका छन्। सुदूरपश्चिमका पहाडी ७ जिल्लामा अछामको साफेवगर विमानस्थल र बाजुराको कोल्टी विमानस्थलमा उडान हुँदै आएको छ। बैतडीको पाटन र डोटीको दिपायल विमानस्थल निर्माणको कार्य बर्षाैदेखि पुरा हुन सकेको छैन्। 
 दिनेश खबर बाट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds