सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नगरपालिकामा निजी शिक्षकको तालाबन्दी खुल्यो

महेन्द्रनगर १४ जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा निजी स्रोत शिक्षकले लगाएको तालाबन्दी खोलेको छ । निजि स्रोत शिक्षकले नगरपालिकाको सामाजिक विकास शाखामा लगाएको ताला बुधबार खोलेको हो ।
विभिन्न छ बुदेँ माग सहित भीमदत्त नगरपालिकाका निजी शिक्षक गत बुधबारबाट आन्दोलित बनेका छन् ।

Sana Kishan

निजि स्रोत शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष गणेशदत्त भट्टले नगरपालिकासँग माग सम्बोधनका लागि वार्ता बस्ने सहमती भएपछि ताला खोलीएको बताए ।
उनका अनुसार नगरपालिकासँग बिहिबार वार्ता हुने मौखिक सहमती गरिएको छ । निजि शिक्षक संगठनले आफुहरुको माग प्रति नगरपालिका जिम्मेवार नबनेको भन्दैँ मंगलबार सामाजिक विकास शाखामा तालाबन्दी गरेका थिए ।

निजि स्रोत संगठन संघर्ष समितिका संयोजक लोकेन्द्र रानाले आफुलाई नगर शिक्षक घोषण गरिनु पर्ने बताए ।
उनका अनुसार स्थायि शिक्षक सरह सेवा सुविधा दिनुका साथै समान व्यवहार गरिनु पर्ने संगठनको माग छ । नगरपालिकामा हाल ६४ निजि शिक्षक कार्यरत रहेका छन् ।
साथै संगठनले आफुको माग सम्बोधन नगरिए कडा आन्दोलनमा जाने चेतावनी दिएका छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.