१३ जेठ, काठमाडौं । सुकेधारा बम विस्फोटमा मृत्यु भएका तीनै जना नेकपा विप्लव समूहका कार्यकर्ता भएको खुलेको छ ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
सुकेधारास्थित एक सैलुनमा बम बनाउने क्रममा विस्फोट हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको थियो भने दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनामा ५ जना घाइते भएका छन् । घटना भएको झण्डै २४ घन्टासम्म मृतकको पहिचान खुल्न सकेको थिएन । सोमबार तीनै जनाको सनाखत भएको प्रहरी स्रोतले जनाएको छ ।
मृत्यु हुनेमा २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक, ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको रहेका छन् ।
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)