दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित राष्ट्रकै सातौँ धाम शिखर मालिकार्जुन धामको मन्दिर रमणीय तथा धार्मिक पर्यटकीय स्थल हो । मालिकार्जुन मन्दिर सदरमुकाम मालिकार्जुन मन्दिर भगवान शिवलाई देवाधिदेव महादेवका रुपमा लिइने भएकोले मालिकार्जुनको बाँस स्थानलाई देवताहरुको राजधानी पनि भनिन्छ ।
धार्मिक एवं पूरातात्विक महत्वले भरिपूर्ण मालिकार्जुन मन्दिरमा हरेक दिन श्रद्धालु भक्तजनहरु आउने र पूजाआजा गर्ने गर्दछन् । नेपाल सरकारले २०६५ सालमा राष्ट्रकै सातौ धाम भनेर घोषणा गरेको जिल्लाकै प्रमुख धार्मीक पर्यटकिय स्थल मालिकार्जुन मन्दिरमा विशेषगरी भदौमा गौरा पर्व र कार्तिक, मंसीर महिनामा विशाल जात्रा लाग्ने गरेको छ । मालिकार्जुन मन्दिरमा स्वदेशी विदेशी गरी थुप्रैँ पर्यटकहरु अाउँछन्