सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाँचथर हत्याकाण्ड: पुरै गाउँ नै त्रसित,, घटनाबारे गाँउपालिका अध्यक्ष यसो भन्छन

७ जेठ, काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा गएराति दुई परिवारको ९ जनाको हत्या भएको छ । ७४ वर्षका बमबहादुर फियाक र ४१ वर्षका धनबहादुर शेर्माको परिवारका ९ जनाको हत्या भएको हो । एक बालिका भने भाग्न सफल भएकी छन् ।
सोमबार राति घटना भए पनि प्रहरी विहानमात्र घटनास्थल पुगेको थियो । विहान प्रहरीसँगै घटनास्थल पुगेका मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमसँग त्यहाँको अवस्थाबारे कुराकानी गरेका छन् ।
अमरराज माखिम
बिहान ६ बजे खबर पाउनेवित्तिकै इन्सपेक्टर र म घटनास्थलमा पुगेको थिएँ । त्यहाँको दृश्य विभत्स थियो । शवहरु काटिएको अवस्थामा फेला परेको थियो । घटना मध्यरातमा भएको रहेछ । तर बिहानपख मात्रै थाहा पाइयो ।

इलाका प्रहरी कार्यालय रवि र दशमी चौकीको टोली सुरुमा घटनास्थलमा पुगेको थियो । त्यहाँ माथिल्लो घर ज्वाईंको र तल्लो घर ससुराको छ । ज्वाईंको घरमा पाँच जनाको हत्या भएको छ, ससुराको घरमा चार जनाको हत्या भएको छ । यी दुई घरको दुरी करिब २ किलोमिटर छ । दुवै परिवारको आर्थिक अवस्था मध्यम खालको छ ।

Sana Kishan

१२ वर्षकी एक बालिका बाँच्न सफल भएकी छन् । उनको हात भाँचिएको छ । प्रहरीले उनलाई उपचारका लागि गाडीमा राखेर फिदिम पठाएको छ । उनले भनेअनुसार मुकुन्डो लगाएर आएकाले अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

World Link Ads
Mahakali Polytechnic

यो घटनाले सबै त्रसित छन् । छिमेकीसँग पनि सोध्न सक्ने अवस्था छैन । हत्याको कारण के हो भन्ने खुलेको छैन । प्रहरी प्रशासनले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको छ । रिसइबीको कारण हो कि के हो पछि पत्ता लाग्ला ।

Dirghayu Ads

एसपी सापको टोली आयो भने पोष्टमार्टम कहाँ गर्ने भन्ने हामी सल्लाह गर्छौं । नजिकैको बजारमा स्वास्थ्य चौकी छ । त्यहाँ पनि पोष्टमार्टम हुन्छ । सहज भयो भने त्यहीँ गरौंला, नत्र सदरमुकाममा पठाउनुपर्ला ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.