सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मन्त्री बिना मगरको पहलमा सहिद गौतमका ३ छोरीलाई काठमाडौंमा भर्ना

महेन्द्रनगर ७ जेठ ।
दुई बर्ष कञ्चनपुरमा भएको सीमा विवादमा भारतीय सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका सहिद गोविन्द गौतमका तीन छोरीलाई काठमाडौंको विद्यालयमा भर्ना गरिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव जितेकी खानेपानी तथा सरसफाइमन्त्री बीना मगरको पहलमा बालिकाहरुलाई बालुवाटारस्थित मातृभूमि शिक्षा सदनमा भर्ना गरिएको हो ।
पढाईबाट अलपत्र परेका सहितका सन्तानलाई खानेपानीमन्त्री बिनाले शिक्षा सदनमा भर्ना गरिदिएकी हुन् । कञ्चनपुरको दक्षिणी क्षेत्र नेपाल–भारत सीमामा भएको झडपमा ०७३ साल फागुन २६ गते भारतीय सुरक्षा बलको गोलीबाट मारिएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गौतमको ज्यान गएका थिए । सहिद गौमतकी जेठी छोरी १० वर्षीय आकृति र माइली आशुम गौतमलाई कक्षा ५ र कान्छी आषिकालाई युकेजीमा भर्ना गरिएको छ ।

Sana Kishan

आमा लक्ष्मी र तीन छोरीलाई हाल बानेश्वरस्थित एक आफन्तको घरमा बसोबासको प्रबन्ध गरिएको जनाइएको छ । तीन छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्न आफूहरुले जिम्मा लिने उल्लेख गर्दै मन्त्री मगरले गोविन्दकी श्रीमती लक्ष्मीलाई रोजगारी दिलाउने विषयमा पनि आफूहरु संवेदनशील रहेको बताइन् ।

विद्यालयका प्रबन्ध निर्देशक तारानाथ उप्रेतीले गौतमका छोरीहरुलाई मन्त्री मगरले सामाजिक जिम्मेवारी लिएकाले उनीहरुलाई भर्ना गरिएको जानकारी दिए । मन्त्री नहुँदा समेत बिनाले व्यक्तिगत तथा पार्टीगत रुपमा सहितको परिवारलाई सहयोग गर्दै आएकी थिईन् । खानेपानीमन्त्रीले छोराछोरी भर्ना गर्ने जिम्मा लिएपछि सहित परिवार हर्षित भएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.