सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटमा बेमौसमी तरकारी खेती तालिम सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको बेदकोट नगरपालिका ४ बैतडामा ७ दिने बेमौसमी तरकारी खेती लगाउन तामिल दिइएको थियो ।

Sana Kishan


घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरको सहयोगमा र सामाजिक कल्याण र सहायता संगठन धनगढीको आयोजनामा ७ दिने बेमौसमी तालिम दिएको बेदकोट नगरपालिका ४ बैतडाकी सहभागि मोनिका धामीले जानकारी गराउनु भयो ।
वहाँका अनुसार बेदकोट ४ का स्थानीय महिलालाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत बेमौसमी तरकारी खेती तालिम दिइएको बताए । तालिम लिने बैतडा गाउँका १९ जना महिलाको सहभातिा रहेको थियो । तालिमको सहजिकरण प्रशिक्षक शान्ती धामीले गरेकी थिइन ।


सहभागिहरुले भने यो तालिमले आफुहरुको जिवन व्यवहारमा सकारात्मक परिवर्तन आउनेमा आशा पलाएको बताए । यस्ता तालिम आगामी दिनमा पनि चलाउनु पर्ने माग गरेको थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.