डडेल्धुरा । साझा विवेकशिल पार्टीका संयोजक रबिन्द्र मिश्रले शेर बहादुर देउवाले ४० बर्ष सम्म डडेल्धुरामा एउटा राम्रो सडक समेत बनाउन नसकेको आरोप लगाउनु भएको छ ।
आफ्नो पार्टीको भ्रष्टाचार विरुद्धको अभियान अन्तरगत आईतबार डडेल्धुरा पुगेका मिश्रले देउवालाई यस्तो आरोप लगाउनु भएको हो । ४० बर्षसम्म सडक तयार पार्न नसक्नेले देस कहिल्यै बनाउन नसक्ने भन्दै अब जनताले सोच्नु पर्ने बेला आएको मिश्रको भनाई रहेको छ ।
पटक पटक सत्तामा पुगेर पनि आफ्नो जिल्लामा राम्रो स्कुल, अस्पताल, सडक आदी पनि बनाउन नसक्नु दुखको कुरा भएको उँहाले बताउनु भयो । डडेल्धुरा बासीले देउवालाई पटक पटक जिताए तर उँहाले यो ठाँउलाई कहिल्यै सम्झनु भएन” कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले भन्नु भयो “देउवाले केबल भ्रष्टाचारी, विचौलिया र पुजिपतिलाई मात्र सहयोग गर्नु भयो, त्यसकारण गरिब कहिल्यै धनि भएन ।”
उँहाले देउवा प्रधानमन्त्री भए पछि राजनिति सुरु गरेका अमेरिकाका पुर्व राष्ट्रपति बाराक ओबामा दुई चोटी राष्ट्रपति भएर अमेरिकामा कायापलट गरे तर देउवालाई भने अझै पनि सत्ताको लोभ भएको आरोप लगाउनु भयो ।
यस्तै देसमा अहिले चरम भ्रष्टाचार भईरहेको भन्दै यस प्रति सबैले ध्यान दिनु पर्ने संयोजक मिश्रको भनाई रहेको छ । वाईडबडी प्रकरण, एनसिएल कर प्रकरण, सुन प्रकरण लगायतका काण्ड सरकारले चासो नदिदा सेलाउदै गएको उहाको आराप रहेको छ ।