डडेल्धुरा । नागरिक समाज डडेलधुराले अमरगढी नगरपालिलाइ ध्यानाकर्षण पत्र बुझाएको छ । विगत केहि समय यता अमरगढी नगरपालिका डडेल्धुराले विधि प्रक्रिया मिचि कार्य सम्पादन गर्नु दुःखलाग्दो कुरा भएको भन्दै ध्यानाकर्षण पत्रदिनु परेको नागरिक समाज डडेल्धुराका अध्यक्ष लक्ष्मण सिँहले बताएकाछन ।
जनताले जिम्मेवारी दिएका जनप्रतिनिधिहरुले पनि दलिय बन्धनमा बसी मुख दर्शकका रुपमा सहीछाप गर्ने प्रवृतिले जनताको हित नगर्ने तथा जनताले ‘यात यिनिहरु व्यक्तिगत स्वार्थमा छन ।, यात दलीय बन्धनमा छन भन्ने कुरा बुझेर भविश्यमा तीरस्कृत गर्नेछन’ ध्यानाकर्षण पत्रमा छ ।
सुशासन एैनले हरेक निर्णय गर्दा विधि र कानुन सम्वत हुनुपर्दछ तर कानुन नीयमावलीले निदृष्ट गरेको प्रक्रिया अपनाइ सम्बन्धित कार्यकारी समिति, विध्यान समितिबट पास गराएर मात्रै कार्यान्वयनमा ल्याउनु पर्नेमा यो कुरा नगरपालकाले अवलम्बन नगरेको बताइएको छ ।
यसबाट नातावाद, कृपावाद र भ्रष्टाचार मौलाउने मात्रै नभइ पिडितहरु नागरिक समाज सामु हारगुहार माग्न आएका थुप्रै उदाहरण भएको भन्दै यसलइ तुरुन्त नरोकेमा नागरिक समाज डडेल्धुरा, नागरिकहरुको पहलमा दावावमुलक कार्यक्रम ल्याउन वाध्यहुने व्यहोरा उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)