सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरका दुई हजार युवाले रोजगारी पाउदैँ

महेन्द्रनगर जेठ १ ।
चालु आर्थिक वर्ष २०७५÷०७६ भित्र कञ्चनपुरका १ हजार ८ सय ६४ जनाले रोजगारी पाउने भएका छन् । स्थानीय तहलाई संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएका कञ्चनपुरका १ हजार ८ सय ६४ जनालाई ३० दिन बराबरको रोजगारी दिने भएको हो ।
सरकारले चालु वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत देशभरका १ लाख ६ हजार जनालाई ३० दिन बराबरको रोजगारी दिन लागेको छ । सबैभन्दा बढीले रोजगारी पाउने स्थानीय तहमा भीमदत्त नगरपालिका परेको छ । भीमदत्त नगरपालिकाका ४५१ जनाले ३० दिन बराबरको रोजगारी पाउने छन् । शुक्लाफाँटा नगरपालिकाका २०३, कृष्णपुर नगरपालिकाका २ सय ३०, पर्नुवास नगरपालिका २ सय २६, बेलौरी नगरपालिका २ सय ३, माहाकाली नगरपालिका १ सय ६७, बेलडाँडी गाउँपालिका ८६ र लालझाडी गाउँपालिकाका ८६ गरी कञ्चनपुरका १ हजार ८ सय ६४ जनाले ३० दिन बराबरको रोजगारी पाउँनेछन् ।

Sana Kishan

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि कञ्चनपुरका स्थानीय तहले ४ करोड १३ लाख रुपैयाँ सशर्त अनुदानका पाउने छन् । भीमदत्तले १ करोड, शुक्लाफाँटाले ४५ लाख, कृष्णपुरले ५१ लख, बेदकोटले ४६ लाख, बेलौरीले ४५ लाख, माहाकाली नगरपालिकाले ३६ लाख, बेलडाँडी गाउँपालिकाले १९ लाख र लालझाडी गाउँपालिकाले १९ लाख रुपैयाँ सशर्त अनुदान पाउँनेछन् ।
यस कार्यक्रममार्फत् ५ वर्षमा वैदेशिक रोजगारमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य सरकारको छ । नेपालको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार प्रत्येक वर्ष झण्डै ५ लाख युवा रोजगारीको खोजीमा बजार प्रवेश गर्छन् । तीमध्ये सरदर १ हजार युवा वैदेशिक रोजगारमा जान्छन् ।

बेरोजगार व्यक्तिलाई न्यूनतम १ सय दिनसम्मको रोजगारी दिने र वर्षभरि परिवारको कुनै पनि सदस्यले सय दिन बराबरको रोजगार नपाए उक्त अवधिमा पाउने पारिश्रमिकको ५० प्रतिशत बराबर निर्वाह भत्ता दिनेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.