सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पर्सामा एकै रातमा दुई महिलाको रहस्यमय मृत्यु

३१ बैशाख वीरगञ्ज – पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा गएराति दुई जना महिलाहरूको एकै दिन झुण्डिएर भएको मृत्युको खबरले आशंका पैदा गराएको छ। महिलाहरू किन आत्महत्या गर्छन् ? उनीहरू आफ्नै स्वेच्छाले मर्न तयार हुनुपर्ने अवस्था आखिर किन आउँछ ? यो प्रश्न लिएर हामी त्यहीँ पुग्यौँ, जहाँ दुवै जनाको पोस्टमार्टम रिपोर्ट बन्दै थियो। अरू ठाउँ थिएन, वीरगञ्जको नारायणी अस्पतालमा एकातिर मृतक दुवै महिलाको डा. अजित साह पोस्टमार्टम गर्दै थिए भने निजका माइती पक्षका परिवारजन विलौना गरी गहभरि आँशु झार्दै थिए ।

हिजो आइतबार बिहान करिब साढे १ बजे छिपहरमाई– ३ बस्ने रमेश मुखिया बिनकी श्रीमती वर्ष २२ की बिन्दी देवी मुखियाले घरमा कोही नभएको अवस्थामा आफ्नै सुत्ने कोठाको सिलिङको फ्यानमा सलको पासो लगाई झुण्डिएको शव पर्सा प्रहरीले फेला पारेको थियो भने अर्को सोही गाउँपालिका–२, टिहुकीमा विलास महतोकी श्रीमती वर्ष २० की सन्तोषी महतो बिहान साढे ५ बजे आफ्नै घरपछाडिको अम्बाको रूखमा रातो सुतीको साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परिन्। दुवैको शव लिएर इलाका प्रहरी कार्यालय पर्साले पोस्टमार्टमका लागि अस्पताल ल्याएपछि माइती पक्ष विलौना गर्दै थिए भने केटा पक्षहरूले लास कसरी छिट्टो घर लैजाने मेसो मिलाउन दौडधुप गर्दै थिए ।

Sana Kishan

पोखरीय नगरपालिका वसन्तपुर माइतीघर भएकी मृतक सन्तोषीकी आमा तिला देवीले भनिन्, ‘२१ लाख नगद लिएर ११ दिन भएको थियो, छोरीको परिवारजनले नै यातना दिएर छोरीलाई आत्महत्या गर्न लगाएका हुन्।’ उनी हिजै छोरीलाई भेट्न घर गएकी थिइन्, तर उनी खुशी थिइनन्। दाइजोका लागि झगडा गर्दै थिए, तर छोरीले यहीँ बस्छु भनी आमालाई माइत फर्काइन्, भोलिपल्ट आमालाई तिम्री छोरी मरिन् भन्ने खबर आयो ।

World Link Ads
Mahakali Polytechnic

अर्की जंगलापुरमा झुण्डिएर मरेकी विन्दी देवीको विवाहको केही वर्ष भए तापनि उनको एउटा पनि सन्तान थिएन्, त्यसले गर्दा उनको घरपरिवारबाट मानसिक यातना खेप्नुपर्ने बाध्यता रहेको गाउँलेहरूले बताएका छन्। उसलाई सदैव कुटपिट गरी गालीगलौज पनि गरिन्थ्यो, मानसिक सन्तुलन गुमाएको भनी परिवारजन र श्रीमानले समेत हप्काउने गरेको एक गाउँलेले बताए ।

Dirghayu Ads

यसरी झुण्डिएर मर्नेहरूको संख्या यो आर्थिक वर्षको वैशाख ३० सम्म मात्र हेर्ने हो भने ५० जनाको ज्यान गइसकेको छ। जसमध्ये विष सेवन गरी ८ जना र ४२ जना झुण्डिएर मरेका छन्। झुण्डिएर मर्ने ४२ जनामा अधिकांश महिला रहेका छन्। यस चालू आर्थिक वर्षमा महिला र बालिका गरी २१ जना अर्थात् ५० प्रतिशतभन्दा बढी झुण्डिएर मरेका छन्। अघिल्लो आर्थिक वर्षमा आत्महत्या गरी मर्नेको संख्या ६८ जना थियो, त्यसमा पनि महिला नै बढी थिए ।
आव २०७४÷०७५ मा १७ जना विष सेवन र ५१ जना झुण्डिएर गरी कुल ६८ जनाको ज्यान गएको थियो। जसमध्ये २३ जना महिला र ५ जना बालिका गरी कुल २८ जनाले झुण्डिएर आत्महत्या गरेको पर्साका प्रहरी प्रवक्ता डीएसपी अन्नत शर्माले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.