सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिसापानि–अत्तरिया सडक मर्मत गरिदैँ

महेन्द्रनगर, ३० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीमा पर्ने चिसापानि–अत्तरिया सडक मर्मत संभार गरिने भएको छ ।
केन्द्र सरकारको बहुवर्षीय योजना अन्र्तगत पूर्वपश्चिम राजमार्गको उक्त क्षेत्रमा पर्ने ८० किलोमिटर सडक मर्मत संभार गरिन लागेको सडक डिविजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

महेन्द्रनगर डिविजन कार्यालयका सूचना अधिकारी एवं ईन्जिनियर लक्ष्मण दक्त जोशीले बताए । उनका अनुसार तीन वर्षसम्ममा उक्त सडकखण्ड मर्मतको सम्पूर्ण जिम्मेवारी सहित हालै निर्माण पक्षसँग ठेक्का सम्झौता गरिएको छ । सडक मर्मतका लागि १७ करोड ९६ लाख रुपैयाँमा कालिका जोशी जेभीसँग सम्झौता गरिएको सूचना अधिकारी जोशीको भनाई छ ।

Sana Kishan

उनका अनुसार २१ करोड रुपैयाँ अनुमानित लागत रहेको सडक मर्मत संभार योजनाका लागि चालु आर्थिक वर्षमा चार करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

उक्त योजना अन्र्तगत चिसापानी–अत्तरिया सडकखण्ड अन्र्तगत पर्ने सडकमा रहेका खाल्डा पुर्ने, भत्केको ठाउँमा कालोपत्रे गर्ने कलभर्ट निर्माण लगायतका कार्यक्रम रहेको डिभिजनले जनाएको छ । सडकको मर्मत सम्भार कार्य चालु आर्थिक वर्षबाट नै सुरु हुनेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.