सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्तको मुहान फेर्ने एडिबीको कार्यक्रम सुरु हुदैँ

महेन्द्रनगर २८ बैशाख ।
भीमदत्त नगरपालिकाको नेतृत्वले फोहर व्यवस्थापनका लागि ल्याण्डफि साइट खोज्न नसके पनि एसियाली विकास बैक(एडिबी)को पूर्वाधार निर्माण आयोजना सुरु हुने भएको छ । २०७२ सालमा सैद्धान्तिक सहमति गरिएको सो आयोजना फिर्ता जाने लगभग निश्चित भइसकेको बेला एडिबी आफैले आफ्ना शर्तमा खुकुलो गर्दै आयोजनाको काम सुरु गर्न लागेको हो ।

प्रारम्भिक शर्तअनुसार भीमदत्त नगरपालिकाले ल्याण्डफिल साइटका लागि जग्गा खोज्न नसके पहिलो चरणको ३ अर्व रुपैयाँ फिर्ता जाने प्रावधान थियो । नगरपालिकाले ल्याण्डफिल साइटका लागि अहिलेसम्म जग्गा खोज्न नसके पनि एडिबीले आयोजना सुरु गर्ने भएको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगरको महत्वपुर्ण योजना सुरु हुन लागको बताए । उनले एडिबीसँगको सहकार्यमा नगरकै महत्वपुर्ण योजना एक महिना भित्रमा नै सुरु हुन लागेको बताए ।

आयोजनाअन्र्तगत नगरको मुख्य सहरी क्षेत्रमा १३ किलोमिटर अत्यषधुनिक सडक निर्माण गरिने छ । यो सडक फुटपाथ, ग्रिनबेल्टसहितको कम्तीमा २ लेनको हुने छ ।भीमदत्त नगरपालिका ईन्जिनियर हिमालय सिंह ऐरले अबको एक महिना भित्र एडिबीको कार्याक्रम अन्र्तगत सडक निर्माण कार्य सुरु हुन लागेको बताए । चालु आर्थिक वर्षबाट नै सुरु गरिसक्नु पर्ने योजना भएपनि फोरमैला व्यवस्थापनको दिर्घकालिन योजना नबन्दा समस्या भएको थियो । एडिबीले फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण पछि गर्ने गर्ने शर्तमा प्रारम्भिक काम सुरु गर्न लागेको इन्जिनियर ऐरको भनाई छ ।

World Link Ads
Mahakali Polytechnic

उक्त योजनाका लागि आवश्यक सहमति र योजना नबन्दा एडिबीको सहयोग नै फिर्ता हुने अवस्था आएको थियो । एडिबी आफै लचिलो भएपछि प्रारम्भिक काम सुरु हुन लागेको हो । मेयर सुरेन्द्र विष्टको नेतृत्वले ल्याण्डफिल साइटको जग्गा खोज्न नसकेपछि धरापमा परेको योजना एडिबीको दयाका कारण कायम रहेको छ ।नगरपालिकाले फोहोर मैला व्यवस्थापन र सडक निर्माण कार्यलाई सँगसँगै लैजाने वचन दिएपछि एडिबीको सो कायाकल्प गर्ने कार्यक्रम आंशिक रुपमा कायम रहेको छ ।

Dirghayu Ads
Sana Kishan

ईन्जिनियर ऐरले एडिबीको कार्यक्रम अन्र्तगत बन्ने १३ किलोमिटरको सर्वेसहित सम्पर्ण योजनाको प्रविधिक कार्य सकिएका बताए । ल्याण्डफिल साइटका लागि नगरपालिकाले जग्गा खोज्न सकेको भए नगरमा ३८ किलोमिटर अत्याधुनिक सडक बन्ने निश्चित थियो । नगरपालिकाको नेतृत्वले सो जग्गाका लागि सहमति कायम गर्न नसक्दा झण्डै २५ किलोमिटर सडक बनाउन आउने करिब १ अर्ब ५० करोड रुपैयाँ नगरपालिकाले गुमाएको छ ।
ऐरका अनुसार पहिलो चरण अन्र्तगत एडिबीको मोडेलमा एक हजार तीन सय ५० किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ । उक्त सडक निर्माणका लागि एक अर्व ७६ करोड रुपयाँ विनियोजन भएको छ ।

भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजार क्षेत्रमा आठ किलोमिटर र अन्य मूल सडकको समेत निर्माण कार्य सुरु गरिने ईन्जिनियर ऐरको भनाई छ ।
सडक निर्माणका लागि प्राविधिक तयारी अन्तिम चरणमा रहेकाले एक महिना भित्रमा योजनाको बोलपत्र अह्वान गरिने उनले दावी गरे ।
डम्पीङ साईट निर्माणका लागि नगरपालिकाले नगरका विभिन्न वडामा सम्भावित क्षेत्रमा अध्ययन सहित स्थानीयसँग छलफल समेत गरिरहेको छ ।

पछिल्लो समयमा भीमदत्त नगरपालिका ३ मा फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणका लागि छलफल भईरहेको ईन्जिनियर ऐरले बताए ।
उनका अनुसार उक्त वडाका स्थानीय वासिन्दालाई प्रशोधन केन्द्रबारे जानकारी दिन विभिन्न क्षेत्रको भम्रण समेत गराई छलफल गरिएको छ । सामुदायिक वन क्षेत्रमा बन्ने उक्त केन्द्र निर्माणका लागि जग्गा प्राप्त गर्ने कार्य अगाडि बढेको उनको भनाई छ ।

धनगढी उपमहा नगरपालिका र गोदावरी नगरपालिकाले एडिबीका कार्यक्रम सञ्चालनका लागि टेन्डर अह्वान गरि कार्यान्वयको चरणमा रहेका भए पनि कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा अझै योजना सुरु हुन सकेको छैन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.