सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पर्यटनबाटै प्रदेशको समृद्धि सम्भव छः राज्यमन्त्री रावल

महेन्द्रनगर २८ बैशाख ।
सुदूरपश्चिम प्रदेशको वन, उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकास रावलले पर्यटन उद्योगबाट प्रदेशको समृद्धि सम्भव रहेको बताएका छन् । उनले डडेल्धुराको अलिताल गाँउपालिकाले आयोजना गरेको धार्मीक पर्यटन तथा खेलकुद महोत्सवको समापन कार्यक्रममा बोल्दैँ राज्यमन्त्री रावलले यसो बताएका हुन् ।

उनले सुदूरपश्चिम प्रदेश थुप्रै पर्यटकीय क्षेत्रको सम्भावना बोकेको प्रदेश भएको उल्लेख गदैँ यसको भौतीक पुर्वाधार निर्माणसँग प्रचारप्रसार गर्न सके समृद्धि सजिलै हासिल गर्न सकिने बताए । स्थानीय तहले आयोजना गर्ने विभिन्न किसिमका महोत्वसले स्थानीय स्तरको रहेका पर्यटकीय क्षेत्रको विकासका लागि महत्वपुर्ण भुमीका रहने उनको भनाई छ ।

‘हामी कहाँ दार्चुलामा शैल्य शिखर मालिकार्जुन, अपि हिमाल, बैतडीमा तिर्पुरासुन्दरी भगवती, बाजुरामा बाडीमालिका, अछाम रामारोसन, खप्तड लगायतका थुप्रै पर्यटकीय गन्तव्य बोकेका क्षेत्रहरु छन्, यसको विकासका लागि मन्त्रालय गुरु योजनाका साथ अगाडी बढीरहेको छ’ राज्यमन्त्री रावलले भने । ‘विकास निर्माणमा सबैले साथ दिनु पर्छ विकास सबैले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरेको सम्भव हुन्छ’ उनले अगाडी थपे ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

साथै संघियता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशलाई गरिबि, पछौटेपनको अत्यसहित सामाजिक रुपान्तरण र भौतिक विकासलाईसँग सँगै अगाडी लैजानु पर्ने उनको भनाई छ । त्यस्तै पर्यटन क्षेत्रको विकासका योजना प्रदेश सरकारको प्राथमिकतामा परेको उनको दावि छ । पर्यटन क्षेत्रको विकास तथा प्रर्वद्धनका लागि निजी क्षेत्रको पनि महत्वपुर्ण भुमीका रहेको औल्याउदैँ राज्यमन्त्री रावलले निजी क्षेत्रका लागि लगानी मैत्री वातावरण तथा सुरक्षाका प्रत्याभुती कानुनतह सरकारले दिने उनको भनाई छ ।

Dirghayu Ads

गत बैशाख २३ गतेबाट सुरु भएको आलिताल महोत्सवको उद्धघाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए ।
आलिताल गाउँपालिका विकासका लागि पर्यटकीय क्षेत्रको प्रचारप्रसार, पर्वद्धनका लागि महोत्सवको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक लोकश बोहाराले बताए । उनले पाँच दिने महोत्सवमा सथानीय उद्योग तथा व्यापारको व्यवसायिकरण, आलितालमा भ्रमण, खेलकुदका प्रतियोगिता समेत सञ्चालन गरिएको बताए ।

राज्यमन्त्री रावलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महोत्वस सफल पार्नमा सहयोग गने विभिन्न संघ सस्था तथा व्यत्तित्वलाई गाउँपालिकाले सम्मान गरेको छ । महोत्वस अवधिका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.