सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा व्यवसायिसँग खाद्य स्वच्छताबारे छलफल

महेन्द्रनगर २६ बैशाख ।
कञ्चनपुरको वेदकोट नगरपालिकाका स्थानीय व्यवसायिसँग खाद्य स्वच्छता सम्बन्धि छलफल गरिएको छ ।
बिहिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको आयोजनमा स्थानीय व्यवसायिसँग खाद्य स्वच्छताबारे छलफल गरिएको हो ।

खाद्य स्वच्छता सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम कार्यालय प्रमुख सुमन धितालले खाद्य सवच्छताबारे जानकारी दिएका थिए ।
उनले खाद्य स्वच्छता मावन जीवनसँग प्रत्यक्ष रुपमा जोडीएको महत्वपुर्ण विषय भएको उल्लेख गदैँ सबै यसबारे सचेत हुनु पर्ने बताए ।

Sana Kishan

उनले खाद्य स्वच्छता अपनाउन सकेमा सबै स्वस्थ्य रहन सकिने बताए । उनले व्यवसायिहरु नै मुख्य रुपमा खाद्यसँग जोडिएकोले खाद्य स्वच्छताबारे जानकारी गराउन कार्याक्रम आयोजना गरिएको बताए ।त्यस्तै अन्र्तक्रिया कार्याक्रममा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिककृत पदम कुँवरले खाद्य ऐन तथा नियम समबन्धि जानकारी गराए ।

World Link Ads

साथै उनले खाद्य सुरक्षका लागि स्थानीय तहले समिति बनाएर बजार अनुगमन गर्नु पर्ने बताए । अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले खाद्य स्वच्छताका लागि बजार अनुगमन गरिने बताए ।

उनले व्यवसायिलाई खाद्य स्वच्छताकामा ईमान्दार बन्ने समेत सुझाव दिए । कार्यक्रमको सह आयोजक रहेको वेदकोट नगरपालिकान उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बहादुर चन्दको अध्यक्षतामा गरिएको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close