सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘बल्ल चिन्दैछ विश्वले असली नेपाल, नेपालको प्रोफाइल बढेको बढ्यैछ’

काठमाण्डौमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनबाट म निकै नै उत्साहित छु । खासगरी हाम्रो निमन्त्रणालाई स्वीकार गरेर ४० देशका ६ सय पाहुना आएका छन् । उनीहरुले कार्यक्रमलाई निकै चासो दिएर सहभागिता जनाएका छन्, यो नै ठूलो सफलता हो र उत्साहित हुने कुरा हो ।

केही प्रतिष्ठित कम्पनी, बहुराष्ट्रिय लगानीकर्ता, विकास साझेदारलगायतको उपस्थितिले हाम्रो यो सम्मेलनको महत्व कति धेरै रहेछ भन्ने पनि देखाएको छ ।

अर्को कुरा यसमा उहाँहरुको ठूलो रुचि पनि देखिन्छ । यदि उहाँहरुको रुचि थिएन भने नेपालमा आउनुहुने थिएन होला । नेपालको विकास र लगानीमा विश्व समुदायको रुचि छ भन्ने कुरा सहभागिताले देखाएको छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै गएको केही महिनाहरुमा हामीले व्यापक रुपमा नयाँ कानुन बनाउने र पुराना कानुनको संशोधन गरिरहेका छौँ, यसले पनि उनीहरुलाई आकर्षित गरेको छ ।

Dirghayu Ads

विदेशी लगानीका लागि जे जस्ता झण्झटहरु छन् भनिएको थियो, त्यो झण्झट पनि अब हामीले समाधान गरेका छौँ । नेपालको कानुनमा आएको सुधारले विश्व समुदायमा निकै ठूलो सकारात्मक प्रभाव परेको छ ।

Sana Kishan

आजदेखि सुरु भएको लगानीको यो महाकुम्भले एउटा नेटवर्क निर्माण गर्नेछ । जीटुबी वा बीटुबी जे सुकैमा पनि नेटवर्क स्थापना गर्न यो सम्मेलन पूर्ण सफल हुनेछ । यसको संकेत आज देखिएको छ ।

बल्ल चिन्दैछ विश्वले असली नेपाल , नेपालको प्रोफाइल बढेको बढ्यै

विशेषगरी स्विजरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको बैठकमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वसामु नेपालको बारेमा बताएपछि विश्वले नेपाललाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । विश्व आर्थिक मञ्चमा नेपाललाई पहिलो चोटी बोलाइनु नै नेपाल अब विश्वसामु देखिँदैछ । अनि नेपाललाई अब हामीले पनि सुन्नपर्छ भन्ने मानसिकता बढेको छ ।

यस्तै विश्व बैंक, एसियाली विकास बैंकलगायतले पनि नेपालको बारेमा धेरै सकारात्मक धारणाहरु राखेका छन् । सहयोगलाई झण्डै दोब्बर बढाउने वाचा गरेका छन् । यसले पनि नेपाललाई उहाँहरुले दिएको महत्व थप प्रष्ट पारेको छ ।

अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको आकर्षण बढ्दै गरेको म पाउँछु, त्यसले नेपालको प्रोफाइल बढेको कुरालाई विश्वास योग्य बनाएको छ । यो लगानी सम्मेलनले पनि नेपालप्रति अन्तर्राष्ट्रिय चासो र नेपाललाई दिएको महत्वलाई थप बढाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.