सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाकालीमा चारवटा झोलुंगे पुल निर्माणको अनुमति

महाकाली नदीमा चार ओटा झोलुंगे पुल निर्माण गर्न भारत सरकारले सहमति दिएको छ । बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुदा तीन वर्षअघि शुरु भएको तुइन विस्थापन कार्यक्रमअन्तर्गत नेपाल सरकारले प्रस्ताव गरेका ११ झोलुंगे पुलमध्ये ४ ठाउँमा पुल निर्माण गर्न भारतले सहमति जनाएको हो ।
अहिलेसम्म सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले प्रस्ताव गरेका ११ मध्ये दुइ ओटा झोलुंगे पुल निर्माण सम्पन्न भइसकेका छन् । पछिल्लो समय थप ४ ठाउँमा पुल निर्माणकालागि सहमति जनाएपनि अझै ५ ठाँउमा झोलुंगे पुल निर्माणकालागी भारत सरकारको अनुमति आउन बाँकी छ । यसअघि निर्माण सम्पन्न भएको व्यास ५ तिग्रमस्थित झोलुङगे पुलमा नियमित आवतजावत भइरहेको छ । तीन महिना पहिले निर्माण सम्पन्न भएको लाली पुलमा अहिलेसम्म आवतजावत शुचारु भएको छैन् ।
नेपाल सरकारको प्रस्तावअनुसार झोलुंगे पुल निर्माणको स्वीकृतिका लागि भारतको गृह मन्त्रालयले उत्तराखण्ड सरकारमार्फत ४ ठाउँमा झोलुङगे पुल निर्माणकालागि नो अबजेक्सन लेटर अर्थात सहमति पत्र पठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले जानकारी दिनुभयो । भारतले राप्लाको माल, हुतीको बडुगाउँ, सुन्सेराको मलघट्टे, र उकुको बाकु भन्ने स्थानमा पुल निर्माणको सहमति दिएको हो ।
सहमति अनुसार भारतको धारचुला अन्तरगत एलागाड र नेपालको व्यास गाँउपालिका ६ हुतीको बडूगाउँ जोड्ने ९३ दशमलव ५ मिटर लामो झोलुंगे पुल निर्माण हुनेछ । यस्तै भारतको मलघटिया र नेपालको सुन्सेरा जोड्ने ५६ मिटर लामो झोलुंगे पुल निर्माण हुनेछ । भारतको गस्कु र नेपालको व्यास २ राप्लाको माल क्षेत्र जोड्ने ५६ मिटर लामो पुल र भारतको द्वालीसेरा र नेपालको मालिकार्जुन ६ बाकु गाँउ जोड्ने १ सय ३५ मिटर लामो पुल निर्माण हुने प्रमुख जिल्ला अधिकारी बिष्टले बताउँनुभयो ।
भारत सरकारले पुल निर्माणसंगै सुरक्षा पोष्ट निर्माण गर्न पनि आग्रह गरेको छ । पुल निर्माण गर्ने समयमा गृह मन्त्रालय अन्तर्गतको सशस्त्र सीमा वल (एसएसवी) का लागि चेकपोष्ट वा गार्डरुमको व्यवस्था गर्न समेत पत्रमा भनिएको छ । यसअघि सीमा सुरक्षा पोष्ट र गार्डरुम नबनाएकै कारण लाली पुल सञ्चालनमा ढीलाइ भइरहेको छ ।
भारत सरकारबाट चारवटा पुल निर्माणमा सहमति प्राप्त भएपछि तत्काल कार्यान्वयनका लागि सस्पेन्सन ब्रिज डिभिजन काठमाण्डौलाई जानकारी गराइएको उहाँले बताउँनुभयो ।
अहिलेसम्म महाकालीमा पुल निर्माण नहुदा आधादर्जन स्थानमा तुईन तथा ट्युवको साहारामा जोखीमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
तस्बिर ः तुईन बिस्तापन कार्यक्रम अन्तरगत महाकाली नदीमा निर्माण भएको तिग्रम पुल ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.