सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रविधि नभएको भए अहिले मेरो १२ औं पुण्यतिथि हुन्थ्यो : प्रधानमन्त्री ओली

बनेपा : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पाएको बताएका छन्। ‘म आज तपाईंहरूसँग हुनु प्रविधिकै कारण हो। १२ वर्षअघि मिर्गाैलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ’, काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो १२ औं पुण्य तिथि हुन्थ्यो होला।’

प्रधानमन्त्री ओलीले सरकार प्रविधिसहितको दिगो विकास गर्न तीव्र गतिमा अघि बढेको बताए। ‘सरकार तीव्र गतिमा विकास गर्न प्रयत्नशील छ। केही वर्षअघिसम्म धेरै कुरामा समान हैसियत र क्षमता रहेको स्विजरल्यान्ड निकै अघि बढ्यो। नेपाल किन पछि परेको छ, त्यसको कारण खोजिनुपर्छ’, उनले भने, ‘अनि, समाधान र विकासतर्फ अघि बढ्नुपर्छ।’

Sana Kishan

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले प्रसिद्ध स्विस सिभिल इन्जिनियर तथा स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (लुसाने) का अध्यक्ष प्राडा जँ क्लड बाडुलाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेका थिए।

World Link Ads
Mahakali Polytechnic

उपकुलपति डा. रामकण्ठ माकाजु श्रेष्ठले ८४ वर्षीय बाडुले सन् २००३ देखि नेपाल र काठमाडौं विश्वविद्यालयलाई यान्त्रिक, भौतिक, बायोटेक्नोलोजी, जियोम्याटिक्स इन्जिनियरिङ, सिभिल इन्जिनियरिङजस्ता कार्यक्रममा विशेष योगदान पुर्‍याउँदै आएको जानकारी दिए।

Dirghayu Ads

केयुले यसअघि सन् २०११ मा वरिष्ठ नेपाली संस्कृतिविद् तथा लेखक सत्यमोहन जोशी, सन् २०११ मै भारतका प्रकाण्ड विद्वान् तथा राजनीतिज्ञ डा. करण सिंह र सन् २०१६ मा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई उक्त उपाधि प्रदान गरेको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.