सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कमल थापाको चेतावनीः ‘अब महाभारत युद्ध हुन सक्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ समापन भएको छ।

ताप्लेजुङबाट सुरु भएको १५ दिने यात्रा विभिन्न जिल्ला हुँदै काठमाडौं आइपुगेपछि शुक्रबार प्रदर्शनसहित समापन गरिएको हो।

सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने माग सरकारले तत्काल सम्बोधन नगरे मुलुकमा ‘महाभारत युद्ध’ सुरु हुने चेतावनी दिएका छन्।

World Link Ads
Sana Kishan

थापाले पाँच पाण्डवको माग पूरा नगर्दा महाभारत युद्ध सुरु भएजस्तै आफ्नो पार्टीको माग सरकारले तत्काल पूरा नगरे मुलुकमा अर्को युद्ध सुरु हुने चेतावनी दिएका हुन्।

उनले सबै धर्मको सम्मान हुनेगरी ९५ प्रतिशत जनताको आस्थाको धरोहर रहेको हिन्दु राष्ट्र पुनस्र्थापना गर्नुको विकल्प नरहेको तर्क गरेका थिए। उनले केन्द्र र स्थानीय सरकार बलियो बनाउने तर प्रदेश सरकार नहुने गरी संघीयता कायम राख्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पारे।

यस्तै, अध्यक्ष थापाले मुलुकको राष्ट्रिय एकताका लागि राजसंस्थाको आवश्यक्ता अनिवार्य रहेको पनि दोहोर्‍याए।

सभालाई नेताहरू दीपक बोहरा बुद्दिमान तामाङ लगायतले सम्बोधन गरेका थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close