सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सीके राउत झन आक्रामक भए सरकारसँगको सम्झौतापछि, अब के हुन्छ ?

काठमाडौं । गत शुक्रबार स्वतन्त्र मधेश गठबन्धनसँग सरकारले ११ बुँदे सहमति गर्‍यो । उक्त सहमतिपछि अखण्ड नेपाल स्वीकार गर्ने र शान्तिपूर्ण राजनीतिमा आउने गठबन्धनका संयोजक डा. सीके राउतले घोषणा गरे । गत शुक्रबार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा राउतले शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरेका थिए ।

सरकारसँग गरिएको उक्त सम्झौतापछि समग्र मधेशी जनताको जीत भन्दै तराई–मधेशमा दिपावली समेत गरियो । राजनीतिक सहमतिसँगै अखण्ड नेपाल स्वीकार गरेकैदिन राउत गठबन्धनका नेता कार्यकर्ताहरुले दिपावली मनाएका हुन् ।

पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरमा उक्त सम्झौताको भव्य स्वागत गरियो । स्वागत गरिँदा ‘यह मधेशी जनता की ऐतिहासिक अभूतपूर्व विजयी है’ भनियो । अझै पनि स्वतन्त्र मधेश गठबन्धनले ‘स्वतन्त्र मधेश गठबन्धन जिन्दावाद, डा. सी.के राउत जिन्दावाद’ जस्ता नारा लगाएर खुशीयाली मनाईरहेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सरकारसँग गरिएको उक्त सम्झौताले स्वतन्त्र मधेश देशको नारा लिएर अगाडि बढिरहेका सी.के राउतलाई झन राहत मिलेको देखिन्छ । अखण्ड नेपाललाई स्वीकार गरेका सी.केले पछिल्लो समयमा सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रममा सम्झौता अघिकै व्यवहार प्रदर्शन गरिहेका छन् । अहिले उनले राज्यकै समर्थनमा आफ्ना मुद्दाहरुको प्रचार गरिहेका छन्, भने अर्कोतिर आफ्ना नेता तथा कार्यकर्तालाई आक्रामक बनाईरहेका छन् ।

Dirghayu Ads

उनले भनेका छन्, ‘सरकार जनमतसंग्रह कराने राजी, जनता जनमत प्रयोग करके अपनी मांग पूरा करने सक्षम’ भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । त्यस्तै सरकारसँग गरिएको सम्झौतापछि उनले लेखेका थिए, ‘जनमत गराउन सरकार सहमत, स्वतन्त्र मधेश गठबन्धनको सबै मुद्दा फिर्ता हुने ।’

सरकारसँगको सहमतिपछि सीके राउत र उनका समर्थकहरुले बैध तरिकाले नै स्वतन्त्र मधेशको पक्षमा वकालत गर्दै हिडेका छन् । जुन कुराको चौतर्फी विरोध सुरु भएको छ । एकातिर उक्त सम्झौताकै विरोध सुरु भएको छ भने अर्कोतिर सी.के राउतका समर्थकले गरिरहेका पछिल्ला गतिविधिको विरोध सुरु भएको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.