सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री फेल ! कुन मन्त्रीले कति नम्वर ल्याए ? (भिडियो रिपोर्ट)

(रामजी बलामी)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक बर्ष पूरा भएको छ । यतिबेला प्रधानमन्त्रीको बार्षिक कार्यप्रगतिको समिक्षा भईरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको एक बर्षे कार्यकाल खेर गएको बताएको छ । आम सर्वसाधारणले पनि सरकारले सोचे अनुरुपको काम गर्न नसकेको टिप्पणी गर्दै आएका छन् । प्रतिपक्षी र सर्वसाधारणले असन्तुष्टी जाहेर गर्नु स्वभाविक हो तर नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि सरकारले सोचेजस्तो काम गर्न नसकेको टिप्पणी गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले भने चालु आर्थिक बर्ष योजना र उद्घाटनको बर्ष भएको भन्दै अर्काे बर्षदेखि विकास निर्माणले सोचे भन्दा तिव्रता पाउने बताउँदै आएका छन् ।

World Link Ads
Mahakali Polytechnic

प्रधानमन्त्री ओलीले गत साउनमा सबै मन्त्रालयका मन्त्रीहरूलाई आफ्नो वार्षिक कार्ययोजना पेश गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुरुप अर्थ मन्त्रालयले एक सय ८६, वन मन्त्रालयले एक सय ४४, संघीय मामिला मन्त्रालयले एक सय ३१, खानेपानी मन्त्रालयले एक सय १३ वटा कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै उर्जा तथा जलश्रोत मन्त्रालयले एक सय १२, उद्योग तथा वाणिज्य मन्त्रालयले ९९ वटा वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । तर विडम्वना ६ महिनापछि मन्त्रीहरु आफैले पेश गरेको कार्ययोजनाअनुसार काम गर्न असफल भएका छन् ।

Dirghayu Ads
Sana Kishan

प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयको कार्य प्रगति मुंल्याकन गर्दै आएका छन् । नियमित समिक्षा बैठक र सफ्टवेयरको माध्यमबाट मन्त्रीहरुको कामको मुल्यांकन गर्दै आएका हुन् । प्रधानमन्त्री ओलीले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन भन्दै विशेष सफ्टवेयर नै बनाएर मन्त्रालयहरुको प्रगति विवरण मुल्यांकन गर्दै आएका थिए ।

प्रधानमन्त्री कार्यालयको सफ्टवेयरको परीक्षा नतिजा अनुसार प्रधानमन्त्रीसहित १२ जना मन्त्री फेल भएका छन् । २१ मन्त्रालयको परीक्षामा ९ जना मन्त्री मात्रै उत्तीर्ण भएका छन् । ३ जना मन्त्री द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् । उत्तीर्णका लागि ३२ प्रतिशत काम गर्नुपर्ने तोकिएको थियो । सात वटा मन्त्रालयले ३२ प्रतिशत काम पूरा गरेर उत्तीर्ण भएका छन् भने १२ वटा मन्त्रालय अनुत्तीण भएका छन् ।

६ महिनामा एउटा मात्र मन्त्रालयले ६० प्रतिशत काम सम्पन्न गरेको छ । सफ्टवेयर परीक्षामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रथम भएका छन् भने खानेपानी मन्त्री वीना मगर सबैभन्दा कम अंक ल्याएर ‘फेल’ भएकी छन् ।

कुन मन्त्रीले कति नम्वर ल्याए ?

हेर्नुहोस् भिडियो रिपोर्ट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.