सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकार र सिके राउतबीचको सहमतिप्रति भीम रावलको कडा आपत्ति

काठमाडौँ– सत्तासीन दलका प्रभावशाली नेता भीम रावलले सरकार र सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । सरकारले सिके राउतसँग ११ बुँदे सहमति गरेपछि नेता रावलले ट्वीट गर्दै सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो भन्दै गम्भीर प्रश्न उठाएका हुन ।

Sana Kishan

उनले विगतमा सिके राउतले देश टुक्र्याउने भनि गरिएका कुरा गलत थिए पनि नभनिएको भन्दै यस्तो नभनिनुको रहस्य रहेको बताए ।

नेता रावलले लेखेका छन्, ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ? देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्र्याउने भनि गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनि नभनिनु को रहस्य खोजौं ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.