सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उत्कृष्ट ‘लोकपप गायक‘ विधामा ‘भर्सटायल ‘ कञ्चनपुरका गायक कलौनी सम्मानित

कञ्चनपुर फागुन

पछिल्लो समय गित संगितको क्षेत्रमा चर्चा कमाउदै आएका कञ्चनपुरका संगितकार , गितकार तथा गायक नवराज कलौनी ‘नेसनल बुष्टर म्युजिक अवार्ड २०७५ ले उत्कृष्ट लोकपप गायक विधामा सम्मानित भएका छन ।
पछिल्लो समय संगित प्रेमीहरु माझ मुख मुखमा झुन्डीएको निकै लोकप्रिय गित ‘बेहुलो सिपाही‘ वाट वर्षकै उत्कृष्ट ‘लोकपप गायक ‘नेसनल बुष्टर म्युजिक अवार्ड २०७५ वाट सम्मानित भएका हुन ।
भर्सटायल गायकको रुपमा परिचित भएका गायक नवराज कलौनी सांगितीक क्षेत्रमा प्रवेश गरे संगै सव्द सिर्जना, संगित लगायतका विधामा दखल दिदै आएका थिए । उहाले सिर्जना गरेका सवै गितहरुले उत्कृष्ट स्थान पाउदै आएको छ । करिव दर्जन वढि गितहरुमा शव्द तथा संगित दिईरहेका कलौनी ले आधा दर्जन विभिन्न सांगितिक एल्वमहरुमा आफ्नो सुमधुर  स्वर समेत दिएका छन ।  कर्णप्रिय स्वरका धनी गायक कलौनी युवा माझ लोकप्रिय समेत बन्दै आएका छन । देशमा मात्रै नभई उनलाई विदेसमा समेत स्रोता तथा दर्शकहरुले औधि रुचाउने गरेका छन ।
गायक कलौनी गित संगितको माध्यमवाटै  पछिल्लो समय सुदुरपश्चिमको लोक संस्कृतिको जगेर्ना गर्न समेत उत्कृष्ट भुमिका निर्वाह गर्दै आएका छन उहाको पछिल्लो डोटेली लोक पप गित ‘चक्करी‘ ले देशैभर चर्चा कमाईरहेको छ ।
अव आउने उनका नया“ सांगितिक कोशेली हरुमा आधुनीक गजल ‘छक्कै परे‘ , रक गित‘दर्किने पानीले‘ , लोक आधुनिक गित‘डोली चढेर, आजको दिन‘ लगायत दर्जनौ गितहरु क्रमशः आउने क्रममा रहेका छन ।
। नेपालको मौलिकताको पहिचान गराउन सांगितिक क्षेत्र तथा राष्ट्रले समेत यस्ता कलाकारहरुलाई प्रोत्साहन गर्न जरुरी छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.