सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

करेन्ट लागेर बाबुछोराको मृत्यु

सप्तरी – खडक नगरपालिका वाड नं. ९ बिलजा टोलमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय विरेन्द्र चौधरी र उहाँका १२ वर्षीय छोरा कृष्ण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार बावुछोरा आफ्नै घर बनाउनको लागि छड (डण्डी) सिधा पार्ने क्रममा उक्त डण्डीले बिजुलीको तारमा छुनगई करेन्ट लागि घाइते भई उपचारको लागि लहान अस्पतालमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता यो घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds