सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देउवाको संस्कार राम्रो भएन : कोइराला

विराटनगर । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा गलत संस्कारबाट निर्देशित भएको आरोप लगाएका छन् ।

केही समययता कांग्रेस सभापति देउवा र कोइराला परिवारका कांग्रेस नेताबीच दन्तबझान चलिरहेको छ । शशांक, शेखर र सुजाताले देउवाको आलोलना गरेपछि त्यसको प्रतिउत्तरमा देउवाले कांग्रेस कोइराला परिवारको बपाैती नभएको बताएका थिए । देउवा र कोइराला परिवारका कांग्रेसका नेताबीच घोचपेच चलिरहेका बेला शेखरले देउवाको संस्कार राम्रो नभएको भन्दै सच्चिन आग्रह गरेका छन् ।

‘पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन’, विराटनगरमा सोमबार आयोजित एक कार्यक्रममा कोइरालाले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार होइन ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कोइरालाले निर्धारित मितिमै महाधिवेशन हुनेमा शंका व्यक्त गर्दै निर्धारित मितिमै गर्न पार्टी नेतृत्वलाई आग्रह गरे । निर्धारित मितिमै महाधिवेशन नगर्दा पार्टी थप कमजोर हुने भएकाले समयमै गर्नुपर्ने मत उनको छ ।

Dirghayu Ads

केन्द्रीय सदस्य डा कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने बताए ।

उनले नेपाल विद्यार्थी सङ्घमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको बताए ।

न्यायपालिकालाई निरीह हुन नदिन र शान्तिसुरक्षालाई कसिलो बनाउन नेता कोइरालाले सरकारसमक्ष आग्रहसमेत गरे ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.