सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पर्यटन प्रवर्धन मेराे प्रारथमिकताकाे क्षेत्र हाे : नगर प्रमुख ओझा

डडेल्धुरा : डडेल्धुराको टुडिँखेलमा यहीँ फागुन १७ गतेदेखि सञ्चालन हुन लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७५’ को तयारी लगभग अन्तिम चरणमा पुगेको छ। आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान डडेल्धुरा शाखाले आइतबार जिल्ला सदरमुकाम डडेल्धुरामा एक कार्यक्रमकाबीच सोबारे जानकारी गराएको हो।

अमरगढी नगरपालिका प्रवद्र्धक रहेको सो महोत्सवमा सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान र फ्री–वाइफाइको समेत प्रवन्ध मिलाइँदैछ। छलफल कार्यक्रमको क्रममा अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले महोत्सवको सुखद पूर्ण सफलताका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको उल्लेख गरे। महोत्सवले यस क्षेत्रको व्यापार र पर्यटनलाई विशेष जोड दिने भएकाले सबै पक्षले अपनत्वका साथ सहयोग गर्न आम सबैमा आग्रह गरे।

Sana Kishan

साथै अमरगढीदेखि सुदूरपश्चिम प्रदेशका हरेक धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार–प्रसार र प्रवद्र्धनका लागि आफुले विशेष योजनाका साथ अघि बढीरहेको समेत जानकारी गराएका थिए। महोत्सवले अन्य वर्षको भन्दा छुट्टै र स्थानीय भेषभुषा तथा कला संस्कृतिलाई बिशेष महत्वका साथ बढावा दिने आयोजकको दाबी छ। १० दिवसिय महोत्सवले यस क्षेत्रको कला–सस्कृति, पर्यटन प्रवर्द्धन र कृषि उत्पादकत्व वस्तुको व्यापार तथा व्यवसायमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ। महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र विभिन्न उत्पादित बस्तु एवम् सेवाका स्टलहरु समेत राखिने जनाइएको छ।

World Link Ads
Mahakali Polytechnic

‘जलविद्युत, कृषि, पर्यटन, जडिबुटी र जलाधार, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ फागुन २६ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी लगभग ८० प्रतिशत पूरा भइसकेको आयोजकले जनाएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक तथा आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान डडेल्धुरा शाखाका अध्यक्ष लोकेन्द्र ओझाले महोत्सवका सबै मनोरञ्जनात्मक साधनहरु महोत्सव स्थलसम्म आइपुगेको भन्दै गेट निर्माण, स्टल निर्माण एवं महोत्सव स्थल र स्टेज व्यवस्थापन मात्रै बाँकी रहेको बताए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.