सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनी बन्ने मन छ ? फलो गर्नुहोस् यी ७ सूत्र

काठमाडौं । मानिस स्वभावैले लोभी प्राणी मानिन्छ । कुन चाहि मानिसलाई रहर नहोला र धनी बन्ने। पक्कै पनि सबै व्यक्तिलाई धनी बन्ने रहर छ तर, केही व्यक्तिले मात्र त्यो रहर र सपना पूरा गर्न सक्छन् । यस्तै धनी मध्यका एक हुन् भारतका भारतका धनाढ्य मुकेश अम्बानी।

उनी अथक प्रयास, मिहिनेत र लगनशीलताका कारण प्रेरणाको स्रोत नै बन्न पुगे। तपाई हामीलाई लाग्न सक्छ उनी कसरी भए धनी हामी कसरी बन्न सक्छौं त्यसै भएर उनी कसरी धनी भए त रु भन्ने बिषयमा हामी यहाँ छोटकरीमा चर्चा गर्दछौं । उनी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको टिम मुम्बईका मालिक पनि हुन्।

१) पैसाको पछि दौडिँदैनन्

World Link Ads
Mahakali Polytechnic

मुकेश आफ्नो बुबालाई गुरु मान्छन् । पैसाको पछाडि दौडिँदैमा सफल व्यवसायी बन्न सकिँदैन भन्ने धारणा छ ।

Dirghayu Ads

२) साहसी व्यक्तित्व

उनी आफूलाई साहसी व्यक्तिका रूपमा स्थापित गर्छन् जसले गर्दा हरेक चुनौतीको सामना गर्न तयार हुन्छन् ।

३) पर्याप्त खर्च गर्छन्

उनी व्यवसायमा मात्रै होइन, आफ्नो सोखका लागि पनि पर्याप्त खर्च गर्छन् ।

Sana Kishan

४) आफैँलाई विश्वास गर्छन्

उनी आफैँलाई विश्वास गर्छन् र हरेक परिस्थितिका लागि तयार हुन्छन् । उनले जीवनमा थुप्रै समस्या झेलेका छन्।

५) ठूलो सपना

ठूलो व्यवसायी बन्न ठूलै सपना देख्नुपर्छ भन्ने उनको मान्यता छ । तर्सथ उनी ठूलो सपना देख्छन् र पूरा नभएसम्म आरामले निदाउन समेत सक्दैनन् ।

६) निरन्तर खट्छन्

दौडको बीचमा आराम गर्नेहरूलाई सफलता प्राप्त हुँदैन भन्ने उनको मान्यता छ । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकाले सफलताका लागि आफैँ सक्रिय हुनुपर्ने उनको तर्क छ।

७) बजारको माग बुझ्छन्

व्यापार, व्यवसाय प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी पर्छ । समयको माग र आवश्यकताअनुसार उनी अगाडि बढ्छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.