सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेसमा सभापति देउवा र शेखर आमने सामने ! यस्तो हुदैछ कांग्रेस भित्रको राजनिति

काठमाडौं। नेपाली कांग्रेसभित्र महाधिवेशनको समय नजिकिएसँगै आगामी नेतृत्वलाई लिएर हानाथाप सुरु भएको छ। वर्तमान सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट निर्विकल्प उम्मेद्वार हुने पक्का छ भने संस्थापनइतर पक्षबाट अहिलेसम्म उम्मेद्वारको टुंगो लागिसकेको छैन।

तर पछिल्लो समय कोइरालका परिवारका तीनै  जना नेता डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजता कोइरालाले आगामी नेतृत्व कोइराला परिवारले गर्ने उद्घोष गरिसकेका छन्। पछिल्ले समय डा. शेखर कोइराला निकै सक्रिय छन् उनी देश दौडाहा गरिरहेका छन्।

कोइराला  परिवारबाट सक्रिय राजनीतिमा रहेका तीनै जनाले कांग्रेसको अबको नेतृत्व कोइराला परिवारले गर्ने उद्घोष गर्नु र डा. शेखर कोइरालाले आफ्नो सक्रियता बढाएपछि अहिले संस्थापन पक्षले कोइराला परिवारबाट आगामी सभापतिको उम्मेद्वार शेखर नै हुन् भन्ने आँकलन गर्दै सभापति देउवाले शेखरमाथि प्रहार थालेका छन्।

World Link Ads
Mahakali Polytechnic

सभापतिमा शेखर कोइराला, दुई जना उपसभापतिमा प्रकाशमान सिंह र कृष्ण सिटौला, महामन्त्रीमा गगन थापालाई उठाउने तयारी भएको छ

Dirghayu Ads

गत बुधबार वीरगंज पुगेका सभापति देउवाले ‘शेखर कोइराला बढी बोल्दै हिँडेको छ । कोइराला भन्दैमा पाइन्छ? हामी जेल पर्दा र आन्दोलन गर्दा कहाँ थिए उनीहरु ? यो पार्टीमा कोइराला भन्दैमा सभापति हुन पाइन्छ ? कांग्रेस कोइरालाका छोरा–नातिको होइन, बढ्ता बोल्ने?’ भन्ने अभिव्यक्ति दिएपछि त्यसले आफूलाई राजनीतिक रुपमा फाइदा नै गरेको डा. शेखरले आफू निटकसँग बताउने गरेका छन्।

अहिले कांग्रेसभित्र गर्नुपर्ने धेरै कुरा बाँकी छ। महासमिति बैठकले पारित गरेका पार्टीको विधान, राजनीतिक प्रस्ताव र आर्थिक प्रस्तावलाई लागू गर्ने विषयमा सहमति खोज्दाखोज्दै महिना बिताएको छ । राजनीतिक प्रस्ताव र आर्थिक प्रस्तावमा सहमति जुटे पनि विधानका विषयमा सहमति जुट्न सकेको छैन।

गएको पुस ८ गते महासमितिको बैठक सकिए पनि कांग्रेसले विधानलाई अझै अन्तिमरूप दिन सकेको छैन । विधानमा रहेको मुख्य विवादका विषयमा सभापतिदेखि केन्द्रीय सदस्यसम्म सबै बुथ कमिटिबाटै निर्वाचित भएर आउनुपर्ने र सरकारी तथा पार्टीको पदमा आरक्षणको अवसर एकपटक मात्रै दिनुपर्ने वा अहिलेकै प्रावधान राख्ने भन्ने विषय मुख्य छन्।

Sana Kishan

महाधिवेशनको मिति नजिकिँदै जानु र आगामी नेतृत्वकालागि कोइराला परिवारले सक्रियता बढाएपछि देउवा त्यसलाई रोक्न चाहन्छन्। स्रोतका अनुसार कोइराला परिवारभित्र डा. शेखर कोइरालालाई सभापतिका रुपमा अगाडि सार्ने सहमति भएको छ। ‘यो पटक शेखर कोइरालालाई सभापतिको रुपमा अगाडि सार्ने गरी मोटामोटी सहमति भएको छ,’ स्रोतले भन्यो, ‘शेखरलाई सभापतिमा अघि सार्ने विषयमा डा. शशांक कोइरालाको पनि मौन सहमति छ।’

डा. शेखर कोइरालाले महाधिवेशनमा आफ्नोतर्फबाट उम्मेद्वारी दिने नेताको नाम नै तयार पारिसकेको स्रोतले दाबी गर्यो। सभापतिमा शेखर कोइराला, दुई जना उपसभापतिमा प्रकाशमान सिंह र कृष्ण सिटौला, महामन्त्रीमा गगन थापालाई उठाउने तयारी भएको छ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेल एक पटक जसरी पनि आफू सभापति हुने पक्षमा छन्। तर पौडेललाई राष्ट्रपतिको उम्मेद्वार बनाउने प्रस्ताव कोइराला परिवारले अगाडि सारेको छ।  डा. रामशरण महत र अर्जुननरसिंह केसीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय भने पेचिलो भनेको छ।

तर सभापति देउवा भने संस्थापन पक्षबाट निर्विकल्प उम्मेद्वार हुन्। उनले सकेसम्म आफैं सभापति बन्ने, आफू सभापतिको उम्मेद्वार बनेर पनि जित्ने अवस्था नआए, वर्तमान महामन्त्री शशांक कोइरालालाई सभापतिको उम्मेद्वार बनाउने र पत्नी आरजू देउवालाई महामन्त्री बनाउने योजनामा रहेको स्रोतले जनाएको छ।

सकेसम्म आफैं सभापति बन्ने, आफू सभापतिको उम्मेद्वार बनेर पनि जित्ने अवस्था नआए, वर्तमान महामन्त्री शशांक कोइरालालाई सभापतिको उम्मेद्वार बनाउने र पत्नीआरजू देउवालाई महामन्त्री बनाउने योजनामा सभापति देउवा

तर कोइराला परिवारको पार्टी पेवा होइन भन्ने देउवाको अभिव्यक्तिपछि महामन्त्री कोइराला पनि देउवाप्रति असन्तुष्ट बनेका छन्। सभापति देउवा १४ औं महाधिवेशनमा पनि आफू जसरी पनि सभापति बन्न चाहन्छन्। देउवाले संस्थापन पक्षमा व्यवस्थपान गर्ने नेता खासै छैनन्।

उनको दाउ भनेको कोइराला परिवारकै सहयोगमा पुन एक पटक सभापतिमा निर्वाचिन हुने हो। त्यसकालागि उनले सकेसम्म महामन्त्री कोइरालालाई आफ्नो पक्षमा पार्न चाहन्छन्।  कांग्रेसको १३ औं महाधिवेशन फागुन, २०७२ मा भएको थियो। अब एक वर्षपछि १४ औं महाधिवेशन हुँदैछ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.