सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल–भारत सीमामा १२ सय नयाँ पिलर राखिए

काठमाडौं – एक हजार ८ सय ८० किलोमितर लामो नेपाल–भारत सीमाक्षेत्रमा १ हजार २ सय ४२ सीमास्तम्भ (पिलर) नयाँ निर्माण गरिएको छ। नेपाल–भारत सीमाक्षेत्रको वैज्ञानिक मापन गर्न चार वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदललले माघ मसान्तसम्म २ सय ११ पिलरमा रङरोगन, १ हजार ९ सय ८४ पिलर मर्मत र १ हजार २ सय ४२ पिलर नयाँ निर्माण गरी पुरानो ठाउँमा गाँडिएको जनाएको छ। सुगौली सन्धिपछि दुवै देशको सिमाना ८ हजार ५ सय ५४ पिलर गाँडिएको थियो। ती पिलर कतिपय लडेका, कतिपय हराएका, कतिपय मर्मत गर्नुपर्ने अवस्थामा पुगेकाले चार वर्षदेखि वैज्ञानिक मापन जारी छ।

Sana Kishan

संयुक्त कार्यदलमा नेपालको प्रतिनिधित्व गरेका तथा नापी विभागका प्रमुख सर्भेअधिकृत कृष्णप्रसाद सापकोटाले माघ मसान्तसम्म नेपाल–भारत सीमाक्षेत्रमा गाडिएका पिलरमध्ये ८ हजार ५४ पिलरको निरीक्षण पूरा भएको बताए। अब ५ सय पिलरको निरीक्षण गर्न बाँकी छ। सापकोटाका अनुसार कार्यदलले अध्ययन गरेका ८ हजार ५४ पिलरमध्ये ४ सय ५७ वटा राम्रो अवस्थामा रहेको, २ हजार ८ सय ८९ वटामा सामान्य क्षति भएको र १ हजार ५ सय ७६ वटा बढी क्षति भएको अवस्थामा पाइएका छन्। ३ हजार १ सय ५२ पिलर नयाँ निर्माण आवश्यक रहेको उनले बताए। उनले भने, ‘जसमध्ये १ हजार २ सय ४२ पिलर नयाँ बनाएर गाँडेका छौं।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.