सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चिकित्सकको आन्दोलनले डडेल्धुराका बिरामी बिचल्लीमा

सरकारी चिकित्सक संघ गोदानले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेको छ । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत गोदानले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन ।

सोहीअनुसार डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालमा कार्यरत डाक्टरले पनि आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन । उपक्षेत्रीय अस्पताल डडेल्धुराका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गरेपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरु समस्यामा परेका छन ।

Sana Kishan

गाउँबाट उपचारको लागि अस्पतालमा पुगेका विरामीहरुले आकस्मिक बाहेकका सेवा नपाएको गुनासो गरेका छन । अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरुले महङ्गो शुल्क तिरेर इर्मजेन्सी वार्डमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

अन्य दिनमा २० रुपैयाँ तिरेर ओपीडमा जाँच गराइरहेका बिरामीहरुकोे अहिले १०० रुपैयाँ तिरेर इमेरजेन्सी वार्डमा भीड नै लागेको छ । यता एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको चिकित्सकको गुनासो छ ।

Dirghayu Ads

चिकित्सकलाई जबरजस्ती प्रदेश र स्थानीय तहमा पठाउने कार्य भएकोले त्यसकै विरुद्धमा आन्दोलन गरेको उनले प्रष्ट्याए । अस्पतालमा सेवा बन्द भएपछि बिरामीहरुको बिजोग नै भएको छ । जानकारी नै नभएकाले टाढाका बिरामीहरुले इमेरजेन्सी वार्डमा जाँच गराएका छन् भने कतिपयले महङ्गो शुल्कतिरेर निजी अस्पताल र मेडिकलमा उपचार गराएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.