सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिपायल-सिलगढी नगरपालिकाले बालश्रम निषेध सम्बन्धी निर्देशिका तयार गर्ने

डोटीको दिपायल सिलगढी नगरपालिकाले बाल संरक्षण एवं बालश्रम निषेध सम्बन्धी नीति, रणनीति र निर्देशिका तयार गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्र बाल अधिकार शुनिश्चित गरी बालमैत्री नगर बनाउन नीति, रणनीति र निर्देशिका बनाएर अगाडी बढ्न लागेको दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए ।

नगरपालिकाले बिहीबार र शुक्रबार सरोकारवालासँग दुइ दिने कार्यशालामा सोका लागि विस्तृत गृहकार्य गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले बताए । सरोकारवालाहरुले दिएको सुझाव सल्लाह, राष्ट्रिय रणनीति, प्रदेशले अवलम्बन गरेका नीतिमा टेकेर नगरको नीति, रणनीति र निर्देशीका बनाइने सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका बाल अधिकार श्रोत व्यक्ति भुवनराज चटौतले बताए ।

नगर क्षेत्रमा बालश्रम निषेध गर्नका लागि नगर उप–प्रमुख शिवराज खड्काको संयोजकत्वमा एक कार्यदल समेत गठन भइ सक्रिय रहेको छ । सर्वपक्षीय सहभागिता रहेको कार्यदलले बालश्रम निषेधका लागि यस अगावै मापदण्ड तयार गरीसकेको नगर उप–प्रमुख खड्काले बताए ।

World Link Ads
Mahakali Polytechnic

ति मापदण्डहरु नगर कार्यपालिकाबाट स्विकृत भई कार्यान्वयनको चरणमा छन् । जस अनुसार नगरपालिका क्षेत्रमा प्रयोग भईरहेको बालश्रमको तथ्याङ्क संकलन गरी बालश्रमिक राख्ने घरमुली, बालश्रममा रहेका बालबालिका र तिनका अभिभावक समेतसँग पटक पटक छलफल भईसकेको नगरपालिकाले जनाएको छ ।

Dirghayu Ads
Sana Kishan

यति गर्दा समेत सम्बन्धीत बालश्रमिक राख्ने व्यक्ति, परिवार, उद्योग, फर्म, व्यवसायीहरुले अटेरी गरेमा बाल श्रमिक राखेको समयसम्म नगरपालिकाले प्रदान गर्ने सेवा सुबिधाहरुबाट बञ्चित गर्ने पनि मापदण्ड बनाइएको छ ।

त्यस्तै अती कमजोर आर्थिक अवस्था भएका परिवारका श्रमिक बालबालिकालाई नगर क्षेत्रका आवासीय सेवा सञ्चालन भएका विद्यालयसँग समन्वय गरी व्यवस्थापन गर्ने र अर्को व्यवस्था नभएमा श्रमिक बालबालिकाहरुको अध्ययनरअध्यापनका लागि नगरपालिकाले पहल गर्ने कार्यदलको मापदण्डमा समावेश गरिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले बालमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउन बालमैत्री कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रभित्र बन्ने भौतिक संरचनाहरु बालमैत्री बनाउने, नगर बाल सञ्जाललाई सक्रिय बनाउने, बाल विकास कक्षा, स्वास्थ्य क्षेत्र, पोषण कार्यक्रमलाई प्राथमिकता दिएर काम गर्ने नीति नगर सभाबाटै पारित गरेर अगाडी बढेको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताइन् ।

त्यस्तै सामाजिक कूरितीहरु छाउपडी प्रथा, बालबिबाह, छुवाछुूत, घरेलू हिंसा, बाल दूव्र्यवहार जस्ता कूरालाई निरुत्साहित गर्ने, अनिवार्य विद्यालय भर्ना अभियान एवं व्यक्तिगत घटना दर्ता कार्यक्रमलाई वडा एवं नगरमा अभियानको रुपमा सञ्चालन गर्ने नगरपालिकाको नीति रहेको पनि उनले बताइन् । बाल संरक्षण एवं बालश्रम सम्बन्धी नीति, रणनीति र निर्दे्शिका तयार भएमा बालमैत्री नगर बनाउन सहज हुने नगरपालिकाले विश्वास लिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.