सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपा बैठकमा कार्यदलबारे विवाद, विघटन गर्ने ओलीको प्रस्ताव

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको म्याद थप गर्ने नगर्नेबारे विवाद भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल विघटन गर्ने प्रस्ताव राखेका छन् भने बहुमत सदस्य त्यसको विपक्षमा छन् ।

Sana Kishan

सचिवालय र कार्यदल सदस्यहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीसँगै ईश्वर पोखरेल कार्यदल विघटन गर्ने पक्षमा उभिएका छन् ।
कार्यदलका बहुमत सदस्यहरुले भने आफूहरुले काम गर्न नसकेको नभई काम गर्न नदिइएको धारणा राखेका छन् ।

World Link Ads
Mahakali Polytechnic

बैठकमा सहभागी एक नेताले भने, ‘कार्यदलबारे सहमति जुट्न सकेन, भोलि फेरि छलफल हुन्छ ।’

Dirghayu Ads

कार्यदलका सदस्य योगेश भट्टराईले बाँकी काम सम्पन्न गर्न एक साता समय माग गरिएको बताए । ‘यो बीचमा काम सम्पन्न भइसक्नुपथ्र्यो । विभिन्न कारणले हुन सकेन’ उनले भने, ‘हामीले एक हस्ता समय माग गरेका छौं । यसो भएमा सबै विषयमा सिफारिससहित प्रतिवेदन बुझाउँछौं भनेका छौं ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.