सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दैजी छेला औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

महादेव अवस्थी, कन्चनपुर, ९ फागुन ।

विक्रम सम्वत २०५२ सालमा सरकारले घोषणा गरेको कञ्चनपुरको बेतकोट नगरपालिका दैजी छेला औद्योगिक क्षेत्र स्थापनामा ढिलाई भएको भन्दै वेतकोट नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्न यो प्रदेश आएका प्रधानमन्त्रीलाई बुधबार बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै छेला औद्योगिक क्षेत्रको कार्य प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको नगर प्रमुख चन्दले जानकारी दिए ।
सुदूरपश्चिमको गौरवको योजना र रोजगारीको मुख्य सम्भावना रहेको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि नेपाल सरकारमन्त्री परिषदबाट पटक पटक निर्णय भइसकेको भएपनि वन विभागमा औद्योगिक क्षेत्रको काम रोकिएको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि २०५२ सालमा मनमोहन अधिकारी प्रधामन्त्री नेतृत्वको सरकारले २ लाख बजेट विनियोजन समेत गरेको थियो । यस आर्थिक वर्षमा सो औद्योगिक क्षेत्र सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारलेसमेत ५० लाख बजेट विनियोजन गरेको छ । करिब ९ सय बिघा जग्गा कायम गरिएको दैजी छेला औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन तथा डिपीआर निर्माण भइ प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा रहेको छ । तर, मन्त्रालयले काम अगाडि नबढाईदिंदा औद्योगिक क्षेत्रको स्थापनामा ढिलाइ भएको वेतकोट नगरपालिकाले जनाएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वन तथा वातावरण मन्त्रीसंग छलफल गरेर छेला औद्योगिक क्षेत्रको काम यथाशीघ्र सञ्चालनका लागि पहल गर्ने आश्वासन दिएको नगर प्रमुख चन्दले बताए । सरकारले साविकको दैजी गाविसका वडा नम्बर ५ र ६ हाल वेतकोट नगरपालिकाको वडा नम्बर २ र ३ को छेला आसपासको क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने पहल सुरु गरे पनि हाल सम्म सञ्चालन हुन सकेको छैन् ।
सरकारले घोषणा गरेको कञ्चनपुरको वेतकोट नगरपालिका दैजी छेला औद्योगिक क्षेत्र निर्माणको खबरले औद्योगिक क्षेत्र नजिकका स्थानीयहरु खुशी भएका छन् । सरकारले औद्योगिक क्षेत्र घोषणा गरेको २३ वर्ष बितिसक्दा समेत औद्योगिक क्षेत्र स्थापना हुन नसकेकोले स्थानीयहरु अझै पनि ढुक्क छैनन । प्रस्तावित औद्योगिक क्षेत्रको सिमाना नजिकै घर भएका रामलाल चौधरी औद्योगिक क्षेत्र स्थापना हुन्छ भन्नेमा ढुक्क नरहेको बताए । चौधरी भन्छन–‘औद्योगिक क्षेत्र स्थापना हुन्छ भनेको २२÷२३ वर्ष भैसक्यो अहिले सम्म केही भएको छैन् । यहाँ उद्योग स्थापना भएपछि रोजगारी पाईन्छ भन्ने हामीलाई ठुलो आशा छ ।’
सरकारले प्रस्ताव गरे अनुसार पूवतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा ,पश्चिमतर्फ चुरे वनक्षेत्र, दक्षिणतर्फ चाँदनी फाँटा बस्तीको चार किल्ला भित्रको जनचेतना सामुदायिक वन करिब २०० हेक्टर र वेतकोट सामुदायीक वनको करिब ४५० हेक्टर समेत ९०० बिघा जग्गा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रस्ताव गरिएको छ ।
दैजी छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लास्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायतका १ सयवटा उद्योग स्थापना गर्न सकिनेछ । यस अघि छेलामा उद्योग सञ्चालन गर्न चाहनेहरुका लागि नगरपालिकाले आवेदन खुल्ला गरेको थियो । जसमा उद्योग सञ्चालनका लागि ३ सय ६३ आवेदन परेका थिए ।
paschimtoday

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.