सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री ‌ओली भन्छन्, ‘यही सरकारले पश्चिम सेती निर्माण गर्छ

प्रधानमन्त्री केपी ओलीले पश्चिम सेती जलविद्युत् आयोजना यसै सरकारको पालामा निर्माण हुने बताएका छन् । नेपाल विद्युत् प्राधिकरण स्याउले १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन गर्न डडेल्धुरा अमरगढी नगरपालिका–१ दूधकाँडेमा पुग्नुभएका प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमा विधुतीकरण, सडक यातायात, शिक्षा बेरोजगारजस्ता समस्या समाधान गर्ने बताए ।

Sana Kishan

डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला भारतसँग जोडिएका क्षेत्रमा पक्की पुल हुने ठाउँमा पक्की पुल बनाउने, सम्भावना भएका ठाउँमा झोलुङ्गे पुल र पक्की तथा झोलुङ्गे पुलको सम्भावना नभएका स्थानमा तुइन विस्थापित गर्दै केबुलकार सञ्चालन गरिने प्रधानमन्त्री ओलीले बताए। उनले भने, “सरकारले बेरोजगारिताको अभियानका लगि केही भत्ता दिनेजस्ता काम गरिरहेका छौँ।”

उक्त अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा निर्माणमन्त्री रघुवीर महासेठ, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधर विकासमन्त्री पठानसिंह बोहरा र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.