सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नगरप्रमुख ओझाद्धारा प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पेस

डडेल्धुरा । अमरगढी नगरपनलिकाका नगरप्रमुख विशेश्वर प्रशाद ओझाले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । विद्युत सव स्टेसन उद्घाटन गर्न डडेल्धुरा आएका प्रधानमन्त्री ओलीलाई विभिन्न माग सहितको ज्ञापन पत्र बुझाईएको नगर प्रमुख ओझालृ बताएका छन् । भौगौलीक दृष्टीकोण निकै सुन्दर जिल्लाको विकासको लागि नगरप्रमु ओझा लागि परेका छन् । यस अघि केपि ओली नेतृन्वको सरकारले नै अमरगढीलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने घोषणालाई कार्यान्वयन गर्न माग गरिएको छ ।
अब देस विकासमा तिव्रता लिईरहेको सुनाउदै प्रधानमन्त्री आलीले विकासबाट कोहि पनि बन्चीत नहुने स्पष्ट पारेका छन् । उनले अब चाडै अमरगढी लगायत देसका विभिन्न शहर स्मार्ट सिटी हुने समेत बताएका छन् ।सरकारले चमत्कारिक ढंगबाट विकास कार्य गरिरहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले केहि दिनमै पानी जहाज सञ्चालनमा आउने र पुर्व पश्चिम रेलमार्गका लागि अध्ययन भईरहेकाले रेल सेवासमेत चाडै सञ्चालनमा आउने बताउनु भयो ।

Sana Kishan

हरेक ग्रामीण सडकहरुलाई अनिवार्य रुपमा दुई लेनको बनाईने बताउदै प्रधानमन्त्री ओलीले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै आत्मविश्वासका साथ आफ्नो विकास आफैले गर्ने बाटोमा सरकार अघि बढिरहेको बताउनु भयो ।नेपाल प्राकृतिक श्रोतले भरिपुर्ण देश भएकाले देशको विकासका लागि हरेक नेपालीमा आत्मविश्वास हुनुपर्ने बताउदै प्रधानमन्त्री ओलीले वैदेशिक सहयोग समेत जुटाएर विकासका योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको जिकिर गर्नु भयो । उँहाले हरेक दिन विकासका नयाँ आयोजनाहरु शुभारम्भ भईरहेको बताउदै सुखी र समृद्ध नेपाल निर्माणको दिशातर्फ सरकार अघि बढिसकेको दाबी गर्नु भयो ।

मुुलकमा भ्रष्टाचार नियन्त्रणका लागि आफुले कडाईका साथ प्रस्तुत भएकै कारण कारवाही हुने डरले भ्रष्टाचारमा संलग्न अख्तियार दुरुपायोग अनुसन्धान आयोगका आयुक्तनै राजिनामा दिन बाध्य भएको बताउदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछाडिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
उर्जामन्त्री बर्षामान पुनको सभापतित्वमा सम्पन्न उद्धाटन समारोहमा भौतिक योजना मन्त्री रघुबिर महासेठ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपाल सरकारका उच्च अधिकारीहरु, सुदूरपश्चिम प्रदेश सरकारका मुुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री पठानसिँह बोहरा लगायत उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहेको थियो ।
सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा विद्युत वितरण प्रणालीलाई व्यवस्थित बनाउने उदेश्यले नेपाल सरकारको लगानीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशन निर्माण गर्न रु २८ करोड लागत अनुमान गरिएको आयोजनाले जनाएकोछ । इष्ट इन्डीया उद्योग र वाईवा इन्फाटेक जेभीले निर्माण कार्य सम्पन्न गरेको सवस्टेशनमा ३० एमभीए क्षमताको १३२/३३ के.भी.को एउटा पावर ट्रान्सफर्मर र ८ एम.भीए क्षमताको ३३/११ के.भी.को एउटा वितरण टान्सफर्मर गरि दुईओटा ट्रान्सफर्मर राखिएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.