सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सम्झौता सक्कीएको ७ महिना भए पनि पाटन विमानस्थल कालोपत्रे कार्य अधुरै

विनोदसिंह विष्ट, बैतडी
बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्ने कार्यमा ढिलाई भएको छ । लक्ष्य अनुसार काम नहुँदा सुदूरपश्चिम प्रदेशको दोस्रो ठुलो बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य अधुरै रहेको छ । गत असारमै कालोपत्रे गरिसक्नुपर्ने विमानस्थलको कालोपत्रे गर्ने कार्य अझै सुचारु हुन सकेको छैन् ।

२०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुननिर्माणको काम शुरु भएको थियो । शुरुको सम्झौता अनुसार असारमा काम सक्नुपर्ने थियो । तर सम्झौता सकिएको ७ महिना हुँदा पनि विमानस्थल कालोपत्रे हुन सकेको छैन् ।
विमानस्थल निर्माणका समयमा पार्याप्त मात्रामा इन्धन नपाउनु, बन्द, बर्षा, चिसो लगायतका कारणले विमानस्थल कालोपत्रेमा ढिलाई भएको नेपाल नागरिक उडड्यन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाले बताए । यसमा निर्माण कम्पनीको पनि केही हदसम्म लापरवाही रहेको छ ।“ विमानस्थलमा सबबेसको काम सकेर बेसको काम अन्तिम चरणमा पुगेको छ”

डोटी विमानस्थलमा कालोपत्रे गरिरहेको मेसिन नै ल्याएर पाटन विमानस्थल पनि कालोपत्रे गर्ने निर्माण कम्पनीले तयारी गरिरहेकाले चैत मसान्तसम्म कालोपत्रे गरिसक्ने लक्ष्य रहेको रहेको बताईएको छ ।
पाटन विमानस्थल निर्माणका लागि ग्याल्बा च्यामिङला जेभीसंग सम्झौता गरेर काम भईरहेको हो । निर्माण कम्पनीको म्याद थप्ने प्रक्रिया पनि जारी रहेको उपप्रबन्ध थापाको भनाई छ । सार्वजनिक खरीद नियमावली २०६४ अनुसार निर्माण कम्पनीलाई ६ महिनाको म्याद थप्ने प्रक्रिया भईरहेको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

स्थानीय बासिन्दा सशंकित

Dirghayu Ads

११ करोड २९ लाखको लागतमा निर्माण भईरहेको पाटन विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाईको रनवे कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिनेछ ।
वि स २०७२÷७३ को बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरि पुनः सुचारु गर्ने गरी बजेट विनियोजन गरेको थियो । प्रदेश नं ७ सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थल पछीको सवैभन्दा ठुलो पाटन विमानस्थल हो । ९ सय ५० मिटर धावनमार्गको लम्वाई रहेको यो विमानस्थल सुदूरपश्चिमको दोस्रो ठुलो विमानस्थलका रुपमा रहेको छ ।

पाटन विमानस्थल तोकिएको समयमा कालोपत्रे हुन नसक्दा स्थानीयहरु सशंकित भएका छन् । गएको असारमा सक्ने भनिएको कालोपत्रे गर्ने कार्य समयमा नसकिएपछि स्थानीयबासिन्दा सशंकित भएका हन् । विकास निर्माणका कामहरु तोकिएको समयमा सम्पन्न नहुँदा धेरै समस्या हुने गरेको नागरिकहरुको भनाई छ । विमानस्थल कालोपत्रे भई सञ्चालनमा आउने आशा गरेको भएपनि कालोपत्रे समेत समयमै सम्पन्न नहुँदा निशासा छाएको स्थानिय कपिल केसीको भनाई रहेको छ । उनले भने“आर्थिक अवस्था सुधार तथा पर्यटन प्रर्बद्धन गर्न सघाँउने आसा भएपनि निरासा छाउदै गएको छ ”
पाटनमा वि स २०३२ सालमा विमानस्थल निर्माण सुरु भई २०३५ सालदेखि कच्चीमै हवाई सेवा सुरु भएको थियो ।

२०५२ सालमा भने विमानस्थल बन्द भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालिन माओवादीले टावरमा आगो लगाएर ध्वस्त बनाएपछि विमानस्थल अलपत्र परेको थियो ।
पाटन विमानस्थल कालोपत्रे भएर सुचारु भएमा यस क्षेत्रको धार्मिक पर्यटनको विकास हुने समेत विश्वास गरिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.