बझाङ । बझाङमा जीप दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने १६ जना घाइते भएका छन । आइतबार साँझ ७ बजेतिर जयपृथ्वी नगरपालिका ११ को चैनपुर – धामीलेक सडकखण्डमा से १ ज ८९० नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका हुन ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
दुर्घटनामा जयपृथ्वी नगरपालिका ११ धामीलेक घर भएका १२ वर्षीया समु जोशी र सोही ठाउँका ४८ वर्षीय धौले जोशीको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका ११ का कविता जोशी,अन्धिरा जोशी, जुनादेवी जोशी,जयराज जोशी, सविता जोशी, प्रकाश जोशी र झुसी जोशी गरी ७ जनालाई उपचारका लागि जिल्ला बाहिर रिभर गरिएको र सामान्य घाइतेहरुको जिल्ला अस्पताल बझाङमा भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)