सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुराको पोरखे गढी पर्यटकीय गन्तव्य बन्दै

धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध तथा मनोरम तर प्रचारप्रसार हुन नसकेको बाजुराको कालाजग्रामा आन्तरिक तथा बाह्य पर्यटक बढाउनका लागि बडिमालिका नगरपालिकाले गन्तव्य यात्रा शुरु गरेको छ । बिहिबार बिहानदेखि नै सदरमुकाम मार्तडीबाट सोही नगरपालिका–७ मा पर्ने पोरखेगढी र कालाजग्रामा सो यात्रा शुरु गरिएको बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले बताउनुभयो ।

पोरखेगढी र कालाजग्राकमा ५०० आन्तरिक पर्यटक पु¥याउने लक्ष्य रहेको उहाँको यायेजना छ । कालाजग्रा, फातालत र थापोरखे लेकलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले उक्त नगरपालिकाले पर्यटकीय क्षेत्रको खोजी गरी प्रचारप्रसार गर्न ‘गन्तव्य बडिमालिका कार्यक्रम’ अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत हीरालाल भण्डारीले जानकारी दिनुभयो ।

Sana Kishan

नगरपालिका क्षेत्रभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्वद्र्धन र प्रवद्र्धन गर्न उक्त कार्यक्रम सञ्चालन गर्न थालिएको हो । आन्तरिक र बाह्य पर्यटकीय गन्तव्य बनेपछि त्यस क्षेत्रका आसपास बडिमालीका नगरपालिका–७ को ढम्कने, बूढीनन्दा नगरपालिकाका–९ अगाउँपानी क्षेत्रको सीमा क्षेत्र पनि रहकाले त्यो क्षेत्रको पर्यटन प्रवद्र्धन भएमा आर्थिक विकासमा टेवा हुने नगरपालिकाको विश्वास छ ।

World Link Ads

दशकौँ वर्षदेखि सुनसान रहेको त्यस क्षेत्रमा हरेक वर्ष घुम्न जानेको सङ्ख्या बढ्दै गएकाले व्यवस्थापनका लागि प्रचारप्रसार गर्न सो कार्यक्रम थालिएको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close