सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हावाबाट चल्ने बिजुलीको मर्मत गर्न चालिस लाख विनियोजन, छिट्टै मर्मत हुने

नवलपरासी – नवलपरासीमा बन्द भएको हावाबाट बिजुली निकाल्ने केन्द्रको मर्मत हुने भएको छ । हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको विद्युत केन्द्र मर्मत गरेर पुनः सञ्चालन गरिने भएको हो । लामो समय सम्म मर्मत नहुदा बन्द अवस्थामा रहेको विद्युत केन्द्र पुनः सञ्चालनमा ल्याउन लागिएको हुप्सेकोट गाउँपालिकाका प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो ।

विद्युत केन्द्रमा रहेका ब्याट्री र टर्वाइनमा समस्या आएपछि लामो समयदेखि बिजुली उत्पादन बन्द भएको थियो । गाउँपालिकाले ब्याट्री मर्मतका लागि विराटनगर पठाएको र प्रदेश सरकारले यसलाई व्यवस्थित रुपमा चलाउन चालिस लाख रुपैयाँ विनियोजन गरेको समेत प्रमुख प्रशासकीय अधिकृत पंगेनीले बताउनुभयो ।

Sana Kishan

भौतिक पूर्वधार मन्त्रालयले यसलाई व्यवस्थित र पूर्ण क्षमतामा सञ्चालनका लागि वजेट विनियोजन गरेको छ । बन्द रहेको हावाबाट चल्ने बिजुली चालु आर्थिक वर्षभित्र मर्मत गरिने प्रशासकीय अधिकृत पंगेनीले बताउनु भयो ।

World Link Ads
Mahakali Polytechnic

वि.सं. २०६८ साल धौवादीमा निकालिएको हावाबाट चल्ने बिजुली मर्मतको अभावमा बन्द अवस्थामा छ । हावाबाट १० किलोवाट र सोलारबाट २ किलोवाट गरी १२ किलोवाट क्षमताको यो परियोजना मर्मत हुन नसक्दा बन्द भएको हो । हावाबाट विद्युत उत्पादनका लागि ५/५ किलोवाटका दुईवटा टर्वाइन राखिएको छ । मर्मतको अभावले अहिले टर्वाइनलेसमेत काम गर्न छाडेको छ ।

Dirghayu Ads

राष्ट्रिय प्रसारणको विद्युत लाइन नपुगेको पहाडी क्षेत्रका बासिन्दाले हावाबाट बिजुली निकाली वितरण गरेकोमा बिजुली उत्पादन रोकिएपछि अन्धकारमा बस्न बाध्य छन् । हावाबाट उत्पादन गरिएको बिजुली यहाँका ४२ घर धुरी र धौवादीमा रहेको इलाका प्रहरी कार्यालयले उपभोग गर्दै आएका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.