सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस आक्रोश कायमै, संसद बैठकमा अनुमतिबिनै बोल्न खोज्दा…(भिडियो)

काठमाडौं । राष्ट्रिय सभाको आज बसेको बैठकमा पनि नेपाली कांग्रेसका सांसदको आक्रोश थामिएको देखिएन। बैठकका क्रममा एउटा रोचक दृश्य देखियो।

भयो के भने, अध्यक्षले बैठक सुरू गरेपछि कांग्रेस सांसदले ढ्याप ढ्याप गरेर बोल्ने समय मागे। अध्यक्षको ध्यान तानियो, उनले के भो माननीयज्यू भन्दै सोधे तर बोल्ने अनुमति दिइसकेका थिएनन्।

तर कांग्रेस सांसद बिन्दा आलेले माइकमा बोल्न सुरू गरिहालिन्। अध्यक्षले उनलाई सहमति दिएका थिएनन्। कांग्रेसकै अर्की सांसदले बोल्दै गरेकी आफ्नै दलकी सांसदलाई बैठकको नियम स्मरण गराइन्। संसदमा सभामुख वा अध्यक्षको अनुमतिबिना बोल्न पाइदैन्। बोल्दै गरेकी सांसद रोकिइन्, माइक छेउ लगाइन्।

World Link Ads

अध्यक्षले बोल्न चाहेकी सांसदलाई अब बोल्ने अनुमति दिए।

Sana Kishan

कांग्रेस सांसद आलेले पुरानै आरोपलाई सुरुमै दोहोर्‍याइन्- सरकार दुई तिहाइको दम्भ बोकेर अगाडि बढ्यो।

नेपाली कांग्रेस भ्रातृसङ्गठन नेविसङ्घका कार्यकर्तालाई सवारी साधनमा आगजनी र तोडफोड मुद्दा लगाएर थुनामा राखिएको भन्दै उनले तत्काल रिहाइको माग गरिन्।

हेर्नुस् संसद बैठकको रोचक दृश्यः

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close